अहिले भर्खरै : विश्वप्रकाशको मेचीनगरमा सुदय पनेरु निर्वाचित

  प्रकाशित मिति
१० आश्विन २०७८, आईतवार १७:५९


मेचीनगर, १० असोज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् ।

उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बरालभन्दा १५ मत बढी प्राप्त गरे ।

सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।

कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् ।

आज भएको मतदानपछि अपरान्ह ३ बजेदेखि गणना सुरु भएको थियो । पनेरुले निरन्तर अग्रता लिएका थिए ।

सभापति पदमा सहमति गराउन निकै प्रयास गरिएको भए तापनि अन्ततः मतदान नै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: