विश्वभरी संक्रमित १ करोड २० लाख, मृत्यु हुनेको संख्या ५ लाख ५० हजारबढी

  प्रकाशित मिति
२५ असार २०७७, बिहीबार २१:४९


मेचीनगर । विश्वभरी कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड २० लाख पुगेको छ ।

जोन हकिन्स विश्वविद्यालयले बिहीवार दिएको जानकारी अनुसार संक्रमित भएका मध्ये विश्वभरी पाँच लाख ५० हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रुपमा फैलिएकोे छ ।

कोरोनाका कारण सवैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु भएका र संक्रमित भएकाहरुको सङख्या सवैभन्दा धेरै छ ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ३२ हजार ३ सय ९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ३० लाख ५५ हजार १ सय ४४ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो ।

दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको छ । ब्राजिलमा १७ लाख १३ हजार १ सय ६० जना संक्रमित भएका छन् । ब्राजिलमा ६७ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ ।

बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रुस र पेरु बढी प्रभावित मुलुकहरु मध्ये पर्छन् । (साझापोष्ट÷एएनआई)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: