विश्व साहित्य महासंघको नयाँ समिति

  प्रकाशित मिति
३० असार २०७३, बिहीबार १३:२१


गौरादह । ‘विश्वभरका साहित्कारहरु एक जुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराका भानुजयन्तीको अवसर पारेर बिहिबार तेस्रो कार्यकालका लागि विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समिति गठन भएको छ ।

गठित केन्द्रीय समितिको अध्यक्षमा विश्वासदीप तिगेला बु्रनई, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ भारत, उपाध्यक्ष सागर श्रेष्ठ नेपाल, उपाध्यक्ष डेन्जोम साम्पाङ  अमेरिका, महासचिवमा डा। लेखनाथ काफ्ले ताइवान, रहेका छन् । त्यसैगरि सचिवमा केदार सङ्केत अफगानिस्तान, संगठन सचिवमा हरी सिवाकोटी अमेरिका, आर्थिक सचिव सावित्रा लुइँटेल घिमिरे इज्रायल, आर्थिक सहसचिवमा रमेश कडेल नेपाल रहेका छन् ।

समितिको सदस्यहरुमा यासिन राई इज्रायल, गोविन्द गौतम रसिया, कल्पना पौडेल जिज्ञासु इज्रायल, दिलिप सगर राई मलेसिया, राहुल राई बोगिको भारत, मोहनराज खनाल म्यानमार, चन्द्र मादेन हङ्कङ, नवराज पोख्रेल  रोमानिया, आर।एल। श्रमजीवी वेल्जियम, अमित राई कुवेत, नन्दलाल आचार्य नेपाल, गनिन्द्र विवश दक्षिण कोरिया, विजय हितान मगर युके र केबी पौडेल साउदी अरेबिया रहेकाका भारतबाट समितिका वरिष्ठ उपाध्यक्ष रहेका सुरेन्द्र लिम्बुले जानकारी दिए ।

कार्यक्रममा निर्वाचन आयोगका संयोजक डा। कविताराम श्रेष्ठद्वारा नयाँ समितिको घोषणा पछि सफत ग्रहण गराएका थिए । डा। कविताराम श्रेष्ठ यु।के।, डा। मधु माधूर्य अमेरिका, पूर्व राजदुत मुरारी शर्मा वेलायत, कृष्णप्रकाश श्रेष्ठ रसिया, समाश्री राउत इज्रायल, शुशील सुब्बा काठमाडांै, नवीन अनुपम असम भारत, मुना सिग्देल इज्रायल लगायतले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भानभक्त आचार्यको योगदानका बारेमा बोलेका थिए ।

नयाँ समिति चयनका लागि डा। कविताराम श्रेष्ठको संयोजकत्वमा डा। मधुकृष्ण श्रेष्ठ र कविता शर्मा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति निर्माण गरिएको थियो ।

विश्वका १७ देशमा २४ शाखाहरु रहेको महासंघको नयाँ केन्द्रीय समिति सर्वसम्मतीद्वारा गठन गरिएको वरिष्ट उपाध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ ले जानकारी दिए ।

वि।स। २०६७ सालमा मधु माधूर्यको अध्यक्षतामा पहिलो पटक विश्व नेपाली साहित्य महासंघ गठान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: