विश्व पर्यटन दिवसमा इलामबाट साइकल यात्रा

  प्रकाशित मिति
११ आश्विन २०७३, मंगलवार १२:१०


इलाम, ११ असोज । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस ९सेप्टेम्बर २७० को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ ।

विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र धनकुटामा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रा गर्ने तय गरेका छन् ।

साइकल यात्रामा शाहसहित इलाम बाँझोका आकाश लिम्बू, विकास लिम्बू, महमाइका सुमन लिङ्देन, सुनसरीका कृष्ण केसी, सदिउर घले र विनु राई तथा बाराका सुजन चौधरी सहभागी छन् ।
विकासका पूर्वाधार बनिनसकेका पहाडी क्षेत्रमा साइक्लिङको राम्रो सम्भावना भएकाले प्रचारका लागि साइकल यात्रामा निस्किएको पुष्कर शाहले बताए । ‘पहाडी क्षेत्रमा रहेका पर्यटकीय ठाउँमा पक्की सडक बनिसकेका छैनन्, त्यस्ता ठाउँमा साइकलबाट सजिलै पुग्न सकिन्छ भन्ने सन्देश दिन सकियोस् भन्ने यात्राको उद्देश्य हो,’ उनले भने ।

साइकलयात्रीलाई कन्याममा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र इलाम पर्यटन सरोकार समितिले स्वागत गरेका थिए । यात्राको सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले उद्घाटन गरे । साइकलयात्री सोमबार कन्याम, फिक्कलको बरबोटे, नयाँबजार हुँदै जमुना पुगेका छन् ।

मंगलबार जमुनाबाट माबु, पर्यटकीयस्थल माइपोखरी हुँदै सदरमुकाममा हुने पर्यटन दिवसको औपचारिक कार्यक्रममा सहभागी हुने बताइएको छ । त्यसपछि पाँचथर हुँदै धनकुटा पुग्ने आकाशले बताए ।

विश्व साइकलयात्री सहभागी यात्रालाई पर्यटनसँग सम्बन्धित संस्थाले विभिन्न ठाउँमा स्वागत गर्ने भएका छन् । ‘साइक्लिङ धरान’को व्यवस्थापनमा सुरू भएको यात्राले पर्यटकीय क्षेत्रका प्रचारमा मद्दत पुग्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष केशव द्यौरालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: