विश्व प्रेस स्वतन्त्रता दिवसमा झापामा दीप प्रज्ज्वलन

  प्रकाशित मिति
२१ बैशाख २०७५, शुक्रबार ११:२०


बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा र नारी सञ्चार गृहले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आज विहीवारसाँझ बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्ज्वलन गरेको छ ।

कार्यक्रमका वक्ताले विश्व प्रेस स्वतन्त्रता दिवस आम नागरिकका लागि खुशी र विर्सन नसकिने दिन भएको बताउँदै पत्रकारिता पेशालाई अझ मर्यादित बनाउन पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघका पूर्वअध्यक्ष कृष्ण हुमागार्इँ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीर्थ सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नारी सञ्चार गृहकी सचिव रेजीना रोदनले गरेकी थिइन् । सन् १९९३मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आव्हानमा प्रत्येक बर्ष मे ३का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । वितेको एक बर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

कार्यक्रममा पत्रकार महासंघ झापाकी उपाध्यक्ष भीमा शिवाकोटी, कार्य समिति सदस्य सुशीला संग्रौला, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, पत्रकारहरु उमाकान्त खनाल, प्रेम आचार्य, सुरेन्द्र भण्डारी, विनोद पाण्डे, उद्धव पुरी, नरेन्द्र ढकाल, चन्दा भट्टराई पौडेल, मनिषा चम्लागाई, सञ्चार क्षेत्रमा आवद्ध चन्द्रकान्त ढकाल लगायतले समेत विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामनासहित दीप प्रज्ज्वलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: