विश्व वातावरण दिवसमा बृक्षारोपण

  प्रकाशित मिति
२२ जेष्ठ २०७६, बुधबार १२:४६


 रेवतिराज घिमिरे

भद्रपुर २२ जेठ । विश्व वातावरण दिवसको अबसर पारेर झापाको चन्द्रगढी सामुदायिक वन क्षेत्र भित्रको ४ विघा जमिनमा ६ सय ६३ वटा विरुवाहरु रोप्न शुरु गरिएको छ ।

वन उपभोत्ता समुह चन्द्रगढी र डिभिजन वन कार्यालय झापाको संयुक्त आयोजनामा चन्द्रगढी वन क्षेत्रमा बुधवार आयोजितत कार्यक्रमका बीच १२ विघा रहेको सामुदायिक वनको सो क्षेत्रमा बृक्षारोपणको शुरुवात गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, जिल्ला समन्वयन समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहल, भद्रपुर नगरपालिकाकी प्रमुख जीवनकुमार श्रेष्ठलगायतका अतिथिहरुले संयुत्त रुपमा विभिन्न जातका विरुवाहरु रोपेर वृक्षा रोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद बुढाथोकीले प्रदेश एकमा बतावारण मैत्री जिल्लाको रुपमा झापालाई चिनाउन आफूले चाहेको वताउँदै रोपिएका विरुवाहरुको संरक्षण गर्दै जानु पर्नेमा जोड दिए । उनले वातवरण मैत्री हरित प्रदेश निर्माण गर्नेतर्फ आफू निरन्तर लागि परेको वताउँदै वातवरण संरक्षण र सम्बद्धनमा प्रदेश सरकार कठिबद्ध रहेको धाराण समेत व्यक्त गरे ।

कार्यक्रममा प्रअिज दाहाल, समितिका संयोजक प्रमुख पोर्तेल, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, नेकपाका जिल्ला सदस्य असारु राजबंशी, भद्रपुर–१० का अध्यक्ष टेकबहादुर खड्का काजी लगायतले बोल्दै विपक्ति रोक्न प्रकृतिको जगेर्ना गर्नु पर्ने बताए ।

डिभिजन वन कार्यलय झापाका प्रमुख विष्णुलाल घिमिरेको अध्यक्षता तथा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न कर्यक्रममा हात्तीको घाँस, वाख्रापालन व्यावसायका लागि किम्बु र लेसाईलो, लामपाते, पानीसाझलगायतका विभिन्न जातका डाले घाँसका विरुवाहरु रोपिएको छ ।

नेपाली कांग्रेस जिल्ला सदस्य विजय कोइराला, भद्रपुर नगर उपसभापति ज्ञानबहादुर चौहान समेतका उपभोक्ताहरु सहभागी भएको कार्यक्रमको स्वागत वन समुह चन्द्रगढीकी सचिव सकुन्तला पोखरेलले गरेकी थिइन् ।

विरुवा रोप्ने कार्यक्रम अवको एक हप्ता भित्र सम्पन्न गरिसक्ने वन समूहको कार्यलय चन्द्रगढीले जनाएको छ । कार्यक्रम स्थलमै डिभिजन वन कार्यालयले मेवा, आँप र लिचीलगायतका फलफलको विरुवा समेत उपभोक्ताहरुलाई वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: