विर्तामोड । विश्वमा विषादीकै कारणबाट वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्यु हुने जनाइएको छ । एक अध्ययनअनुसार प्रतिदिन कृषिमा संलग्न ७ सय व्यक्ति (कृषक)को मृत्यु कुनै न कुनै रुपमा विषादीसँग जोडिएको र आत्महत्या गर्नेमा ३१ प्रतिशत विषादीकै कारणबाट हुने गरेको बताइन्छ ।
सन् १९५२ मा नेपालमा पहिलोपल्ट मलेरिया नियन्त्रण गर्न विषादी भित्र्याइएको इतिहास छ । पछि व्रmमशः कृषि उत्पादनको वृद्धि गर्न रासायनिक विषादीको प्रयोग हुँदै आएको छ । नेपालमा सबैभन्दा धेरै तरकारी बालीमा प्रतिहेक्टर एक हजार ६ सय ५ ग्राम विषादी प्रयोग हुँदै आएको छ ।
नेपालमा करिब १ हजार ४ सय थरीका विषादी पञ्जीकृत गरिएको भए पनि क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस र इण्डोसल्फान र फोरेटलाई निषेध गरिएको छ ।
निषेधित विषादी समेत अनुगमनको अभावमा बजारमा छ्यास्छ्यास्ती बेचिने गरेको छ । विषादी प्रयोगको यस्तो भयावह अवस्थालाई रोक्न कृषि विकास मन्त्रालय अन्तर्गत बाली संरक्षण निर्देशनालयले साताव्यापी ‘विषादी प्रयोगमुक्त सप्ताह कार्यव्रmम–२०७२’ को आयोजना गर्ने भएको छ ।
निर्देशनालयले पुस ८ गतेदेखि १४ गतेसम्म विभिन्न कार्यव्रmमको आयोजना गरी विषादीमुक्त सप्ताह मनाउन लागेको जनाएको हो । ‘घातक विषादीको प्रयोग निर्मूलीकरण गरौँ, खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौँ’ भन्ने नाराका साथ सुरु हुन लागेको कार्यव्रmममा प्रभातफेरी, सन्देश प्रकाशन, एफएम रेडियो, विभिन्न टेलिभिजन, नेपाल टेलिकमबाट सूचना प्रवाह, सडक नाटक लगायत रहेका छन् ।
आठ जिल्ला इलाम, काभ्रे, धादिङ, प्युठान, बाँके, अर्घाखाँची, कैलाली र बर्दियामा विशेष कार्यव्रmमको आयोजना गरिने समेत निर्देशनालयले जनाएको छ ।
गत वर्षको तथ्याङ्क अनुसार नेपालमा कीटनाशक १३८ टन, रोगनाशक १६४ टन, झारनाशक १०१ टन र अन्य सात टन गरी ४१० टन विष आयात भएको देखिन्छ ।
विषादी आयातका लागि गत वर्ष ५७ करोड रुपैयाँ खर्च भएको छ । नेपालमा अधिकांश विषादी भारत र चीनबाट आयात हुँदै आएको छ ।
संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान छ ।