विषादीको त्रास

  प्रकाशित मिति
८ पुष २०७२, बुधबार ०५:२८


विश्वमै विषादी प्रयोगले निम्त्याउने समस्या भयावह छ । बर्षेनी ३ लाख ५५ हजार मानिस यसबाटै उब्जिने रोगका कारण मर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ भने नेपालले गत बर्ष ५७ करोड मूल्यको विभिन्न विषादी विदेशबाट किनेको पाइएको छ । नेपाल विषादीको मात्रा बढी प्रयोग हुने मुलुकको सूचीमा अगाडि नै आउँछ । विषादीको यस्तो अधिक प्रयोगलाई रोक्न जरुरी छ । नेपालमा विषादीको कारण क्यान्सर, मृगौला, मुटु जस्ता घातक रोगको शिकार हुनेको सङ्ख्या डरलाग्दो छ ।

कृषि विकास मन्त्रालयको बाली संरक्षण निर्देशनालयले पुस ८ देखि १४ गतेसम्म ‘विषादीमुक्त सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । विषादीको प्रयोग कृषि क्षेत्रमा ज्यादा छ । सरकारले अभियान चलाउँदा देखावटी रुपमा होइन, प्रभावकारी नतिजा आउने किसिमले गर्न सक्नु पर्छ । रासायनिक विषादीले वातावरणमा समेत नकारात्मक असर पु¥याइरहेको हुन्छ । यस्ता अभियानलाई परिणाममुखी बनाउन जनसहभागिता बढाउनु पर्ने आवश्यकतालाई विर्सन हुन्न ।

सरकारले इलाम लगायत ८ जिल्लामा मात्र यो सप्ताह कार्यव्रmम सञ्चालन गर्ने जनाएको छ । समस्या मुलुकभरि भएकोले सीमित जिल्लामा मात्र अभियान चलाएर पुग्दैन । नेपालमा उचित ज्ञानको अभावमा जथाभावी विषादीको प्रयोग भइरहेको छ । कृषिमा अग्र्यानिक प्रविधिको प्रयोगमा जोड दिने भनिए पनि त्यस अनुरुप किसानले राज्यबाट सहुलियत पाउन सकेका छैनन् । सरकारले कतिपय घातक रासायनिक विषादीको आयातमै प्रतिबन्ध लगाउन जरुरी छ । जिल्ला कृषि विकास कार्यालय, कृषक समूह र सञ्चार माध्यमहरूले विषादीको जथाभावी प्रयोग रोक्नका लागि सही जानकारी गाउँघरसम्म पु¥याउने कार्यमा सहयोगी भूमिका निर्वाह गरिदिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: