विषादियुक्त गहुँ बेच्न खोज्नेलाई एक लाख जरिवाना

  प्रकाशित मिति
३० बैशाख २०७७, मंगलवार २१:५७


 

भद्रपुर । झापाको गौरीगञ्ज गाउँपालिका वडा नंं २ मा सञ्चालित रविन खरिद विक्री केन्द्रका सञ्चालक रविन पोद्दारलाई विषादीयुक्त गहुँको बीऊ धोइपखाली गलत उद्देश्यले खाद्यान्नको रुपमा व्यापारिक प्रयोग गरेको अभियोगमा जिल्ला बजार अनुगमन तथा आपूर्ति व्यवस्थापन समितिले मंगलवार रु. एक लाख जरिवाना गरेको छ ।

कोभिड १९ को संक्रमण फैलिएको अवस्थामा मौका छोपी कालोबजारी र उपभोक्ताको अहित गर्ने उद्योगी तथा व्यापारीमाथि झापामा पहिलोपटक यति धेरै रकम जरिवाना गरिएको हो ।

समितिबाट खटिएको अनुगमन टोलीले आज सो केन्द्रको गोदाममा छापा मार्दा धोइपखाली गरेर बेच्नका लागि तयारी गरिएको विषादीयुक्त ७ बोरा (२८० केजी) गहुँको बीऊ वरामद गरेको थियो । टोलीले बरामद गहुलाई जनप्रतिनिधि र प्रशासनको रोहवरमा आगो लगाई नष्ट गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०३७ को दफा ३८ को (झ) बमोजिम कसुर गरेको पाइएको हुँदा रविन खरिद विक्री केन्द्रलाई घटनास्थलमै रु. एक लाख जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: