झापा । विषादी न्यूनीकरणसम्बन्धी सचेतनामूलक सडक नाटक सोमबार धुलाबारी, विर्तामोड र सुरुङ्गमा प्रदर्शन गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय भद्रपुर, आईपीएम समाज झापा, सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोड र निन्दा असल कृषि अभ्यास कृषक पाठशाला बाहुनडाँगीको संयुक्त आयोजनामा भएको नाटकमार्फत विषादी प्रयोगबाट हुने समस्याका बारेमा जानकारी गराइएको थियो ।
घातक विषादीको प्रयोग निर्मूलीकरण गरौं, खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौं भन्ने नाराका साथ पुष ८ देखि १४ सम्म बाली संरक्षण निर्देशनालय हरिहरभवन ललितपुरको निर्देशन बमोजिम विषादी प्रयोगमुक्त सप्ताह मनाउने व्रmममा झापाको पनि नाटक प्रदर्शन गरिएको जिल्ला कृषि विकास कार्यालय भद्रपुरका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए ।
विषादीको प्रयोगले क्यान्सर, वंशानुगत परिवर्तन, विकृत बच्चा जन्मनु, ट्युमर आउनु, कलेजो तथा मिर्गौला बिग्रनु, अन्धोपन हुनु लगायतका समस्या देखा पर्ने नाटकमा प्रस्तुत गरिएको थियो ।