विष्णुमायाको अनुहारबाट फालियो मासुको लुर्को

  प्रकाशित मिति
२ आश्विन २०७८, शनिबार १९:५५


मेचीनगर, २ असोज । मेचीनगर वडा नं. ८ की विष्णुमाया मगरको अनुहार ढाक्ने गरी फैलिएको मासु शल्यक्रिया गरेर फालिएको छ ।

विपन्न परिवारकी उनी आर्थिक अभावले वर्षौदेखि अनुहारमा मासुको डल्लो बोकेर कष्ट व्यहोर्दै आएकी थिइन् ।

उनको उपचारका लागि सुरुदेखि पहल गरेकी स्थानीय निर्मला भण्डारीका अनुसार उनको तीन दिन अघि काठमाडौंको साँखुस्थित शुष्मा कोइराला हस्पिटलमा शल्यक्रिया सम्पन्न भएको छ ।

सामाजिक अभियन्ता नरेश महराले उनको उपचारका लागि दाता र हस्पिटल जुटाइदिने पुनित कार्य गरेका छन् ।

उनको उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च समाजसेवी उज्ज्वलविक्रम साहले व्यहोरिदिने भएको र हस्पिटलले पनि धेरै उपचार निःशुल्क गरिदिने भएको भण्डारीले बताइन् ।

पहिलो चरणको शल्यक्रिया सम्पन्न भएको र ३ महिनापछि अर्को चरणको शल्यक्रिया गर्नु पर्ने बताइएको छ ।

पहिलो शल्यक्रियामा उनको अनुहार छोप्ने गरी फैलिएको मासुको लुर्को हटाइएको छ । भण्डारीका अनुसार डाक्टरहरुले उपचार गर्न अरु ढिला भएको भए मासुको लुर्को च्यातिएर क्यान्सर फैलिने त्रास भएको बताएका थिए ।

हाल हस्प्टिलको बसाईमा उनलाई उनकै आफन्त बहिनीले सहयोग पुर्याइरहेकी छन् । उनको उपचारा विभिन्न दाताले समेत सहयोग रकम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: