विष्फोटक पदार्थ नेपाल भित्राउने व्यक्ति पक्राउ

  प्रकाशित मिति
२६ माघ २०७८, बुधबार १५:३१


झापा, २६ माघ । काँकरभिट्टामा बरामद भएको विष्फोटक पदार्थ नेपाल भित्राउने व्यक्ति म्याग्दीबाट पक्राउ परेका छन् ।

आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिका बारेमा जानकारी गराईएको हो ।

जिप्रका र इलाका प्रहरी काँकरभिट्टाको टोलीले २८ वर्षीय चिरण रोका मगरलाई माघ २१ ग्ते म्याग्दीबाट पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका रोका म्याग्दीको रुम स्थित मालिका गाउँपालिका–२ का स्थानीय हुन् । उनले पश्चिममा ढुंगा उत्खन्नका लागि विष्फोटक पदार्थ लगेको बयान प्रहरीले दिएको छ ।

रोक्काले यसअघि ३ पटक विष्फोटक पदार्थ नेपाल भित्राएको प्रहरीको भनाइ छ । उनले ०७२, ०७४ र ०७५ सालमा नेपोलाइट र डिटोनेटर नेपाल भित्राएका थिए । त्यसबेला पनि भारतको दार्जिलिङ र काँकरभिट्टामा पक्राउ परी धरौटीमा छुटेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रोका भारतको मेघालय राज्यको सिलोङ्गको कोइलाखानीमा काम गर्ने मजदुर हुन् । उनले नेपोलाइट र डिटोनेटर प्रतिसेट भारतीय ३५ रुपैयाँमा खरि गरी पश्चिम ढुंगाखानीका ठेकेदारलाई ३५ सय सम्ममा बिक्री गर्ने गरेको प्रहरीलाई बयान दिएको बताईएको छ ।

“यसअघि चर्चा भएजस्तो यो घटनामा भूमिगत समुहको संलग्नता देखिएन”, जिल्ला प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले भने– “घर आउँदा जाँदा अलिकति भएपनि कमाई हुने रहेछ । त्यसैले प्रायः घर आउँदा उक्त सामान ल्याउने गरेका रहेछन् । ”

यही माघ १८ गते मोचीनगर–७ गैरीगाउँमा बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइट एक्सप्लोसिभ बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: