‘मलाई माफ गर्नुस् विस्मितालाई घर फर्काउँछु’

  प्रकाशित मिति
२८ भाद्र २०७४, बुधबार १०:४५


मेचीनगर । मेचीनगर–९ की विस्मिता दर्जीलाई १५ दिन भित्रमा घर फर्काइदिने सहमति भएको छ ।

मङ्गलवार मेचीनगर नगरपालिकामा उपमेयर मीना उप्रेतीको रोहवरमा बसेको विस्मिताका परिवार, महिला नेत्रृहरुसहितको सर्वदलीय भेलामा उनलाई कुवेत पठाउने मीना कामीले नै १५ दिन भित्रमा घर फर्काउने लिखित सहमति गरेकी छिन् ।

नौ महिना अघि मीनाले विस्मितालाई गैरकानुनी रुपमा कुवेत पठाएकी थिइन् । अहिले विस्मिता घर फर्काइदिन दिनहुँ अनुरोध गरिरहेकी छिन् । उनलाई मीना कामीले बिनासर्त घर फर्काइदिने भएकी हुन् ।

मीनाले अबका दिनमा यस्तो गलत काम नगर्ने र एकपटकलाई मौका दिन भन्दै भेलामा माफी मागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: