वीएण्डसीमा ट्यूमरको जटिल शल्यक्रिया

  प्रकाशित मिति
२९ चैत्र २०७२, सोमबार १३:०३


Aacharyaaaa

विर्तामोड । ‘वि एण्ड सी’ टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., विर्तामोडले टाउकोमा रहेको ट्यूमरको जटिल शल्यक्रिया गरेको छ । हस्पिटलमा रहेको अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरुको टोलीले सोमबार विहान शल्यक्रिया गरेको हो ।

केही दिन अघि टाउको दुख्ने समस्याका कारण आचार्य श्री पुष्पलाल निरौला ‘वि एण्ड सी’ आए । हस्पिटलका डाक्टरहरुले सिटिस्क्यान गरेपछि टाउँमा दाग देखियो । एमआरआइ पनि गरियो । त्यसपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बूको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्नु पर्ने अवस्थामा ट्यूमर रहेको निष्कर्ष निकाल्यो ।

सोमबार विहान न्यूरो सर्जन लिम्बूसहित डा. रविन भट्टराई र एनिसथेसिष्ट डा. राजेश श्रेष्ठ रहेको टोलीले उनको ८ घण्टा लामो शल्यक्रिया गर्यो । शल्यक्रियाबाट ७ सेन्टिमिटरको ट्यूमर निकालिएको डाक्टर श्रेष्ठले हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसरी पहिलो पटक ट्यूमरको शल्यक्रिया गरिएका निरौला नेपाल महर्षी वैदिक फाउण्डेशन फर वैदिक कल्चर, सिफल काठमाडौका कुलपति, राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का केन्द्रीय उपाध्यक्ष तथा अर्जुनधारा जलेश्वर धामका व्यासाचार्य हुन् ।

हस्पिटलमा भित्र्याइएको अत्याधुनिक ‘कार्ल जाइस’को पेन्टारो–९०० मोडलको सर्जिकल माइक्रोस्कोपको प्रयोगबाट यो उपचार सम्भव भएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए ।

‘हाइ क्वालिटी’ को सर्जिकल माइक्रोस्कपको सहायतले अब यस किसिमको रोगको उपचारका लागि अन्यत्र धाउनु पर्ने बाध्यता टरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
शल्यक्रिया पछि आइसियूमा रहेका विरामीको अवस्था अहिले सामान्य रहेको हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: