वीएन्डसीका एमडी डा. गिरीलाई फँसाउने षड्यन्त्र असफल

  प्रकाशित मिति
११ माघ २०७३, मंगलवार १८:५२


dr rambabu giri
बिर्तामोड । बिर्तामोडस्थित वीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीलाई नक्कली प्रमाणपत्र लिई चिकित्सा पेशा गरेको आरोपमा दायर भएको मुद्दा झूटो ठहर भएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी) महाराजगञ्जले दायर गरेको उकत मुद्दा काठमाडौँ जिल्ला अदालतले मङ्गलवार झूटो भएको ठहर गरी डा. गिरीलाई सफाई दिएको अदालत स्रोतले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्ण मुरारी शिवाकोटीको एकल इजलासले डा. गिरीलाई पूर्ण सफाई दिएको हो ।

‘डा. गिरीले बङ्गलादेशबाट एमवीवीएस र फिलिपिन्सबाट एमडी गरी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गरी रीतपूर्वक चिकित्सकको रुपमा दर्ता प्रमाणपत्र लिएको देखिएकाले निजले सफाई पाउने ठहर छ’–डा. गिरीलाई अदालतले दिएको सफाई फैसलामा उल्लेख छ ।

२०७२ फागुन १९ गते बिर्तामोड–६ निवासी ३८ बर्षीय डा. गिरीलाई नक्कली प्रमाणपत्र लिएको आरोप लगाइएको थियोे । डा. गिरीले सन् २००४ मा बङ्गलादेशको युनिभर्सिटी साइन्स टेक्नोलोजी सेन्टरबाट एमवीवीएस र सन् २०१२ मा फिलिपिन्सको इस्ट एभिन्यू मेडिकल कलेजबाट रेडियोलोजिस्टमा ४ बर्षे कोर्ष पूरा गरी एमडी गरेको अदालतले पुष्टि गरेको छ ।

डा. गिरीले एमवीवीएसको अध्ययन पूरा गरी मेडिकल काउन्सिलको परीक्षामा सहभागी भई चिकित्सकको दर्ता प्रमाणपत्र लिएको र एमडी गरेपछि पनि सोही प्रक्रियाबाट चिकित्सकको दर्ता प्रमाण पत्र लिएको देखिएको अदालत स्रोतले जनाएको छ ।

डा. गिरीको तर्फबाट सर्वोच्च अदालतका अधिवक्ता डीएन पराजुलीले आवश्यक प्रमाणसहित बहस गरेका थिए ।

वीएन्डसी अस्पताल र मेडिकल कलेज सञ्चालनमा बाधा पु¥याउन डा. गिरीलाई फँसाउने षड्यन्त्र असफल सावित भएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

उनका अनुसार अदालतको उक्त फैसलाले मेची अञ्चलवासीले वीएन्डसीबाट गुणस्तरीय स्वास्थ्य सेवाका साथै मेडिकल शिक्षा पाउने कुरामा उत्साह थपिएको छ । ढिलै भए पनि सत्यको पक्षमा अदालतले गरेको फैसलाले न्याय पाइन्छ भन्ने कुराको पुष्टि गरेको उल्लेख गर्दै हस्पिटलले अदालत र न्याय दिलाउने कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।
……..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: