वीएन्डसीमा प्रसुति सेवा निःशुल्क

  प्रकाशित मिति
२७ जेष्ठ २०७४, शनिबार ०८:४४


bnc-pic

विर्तामोड । वीएन्डसी हस्पिटलले शुक्रवारदेखि प्रसुती सेवा निःशुल्क गरेको छ । नेपाल सरकारसँगको सहकार्यमा हस्पिटलले आमा सुरक्षा कार्यक्रम अन्तर्गत प्रसुति सेवा निःशुल्क प्रदान गर्न थालेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकारहरुलाई जानकारी दिए ।

सो सम्बन्धी जानकारी दिन हस्पिटलले शुक्रवार आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा हस्पिटलका प्रबन्ध निर्देशक डा. निराजन प्रसाई, जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायत विभिन्न डाक्टरहरुको उपस्थिति थियो ।

प्रसुति सेवा निःशुल्क प्रदान गर्नेहरुमा वीएन्डसी हस्पिटल मेची अञ्चलको सबैभन्दा सुविधासम्पन्न हस्पिटल हो ।
प्रबन्ध निर्देशक डा.निराजन प्रसाइँका अनुसार वीएन्डसी हस्पिटलमा नवजात शिशुको उपचारका लागि अत्यावश्यक भेन्टिलेटरसहितको एनआइसीयु ३२ वेड, पीआइसीयु ८ बेड र आइसीयु ५० बेडको व्यवस्था छ ।

प्रसुतिका क्रममा नर्मल तथा सर्जरी दुबै सेवा निःशुल्क हुने र त्यसका लागि आवश्यक पर्ने आधारभूत औषधि समेत निःशुल्क हुने हस्पिटलले जनाएको छ ।

हस्पिटलमा स्त्री रोग तथा प्रसुति विभागमा मात्रै डा. सुनिल साह, डा. सीता राई, डा. प्रियङ्का कटुवाल, डा. स्मृति जोशी, डा. दुर्गा खतिवडा लगायत ६ जना विशेषज्ञ डाक्टरहरु २४ घण्टै खटिने गरेको जनसम्पर्क अधिकृत गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: