वीपी प्रतिष्ठानमा कोभिडको लेभल थ्री अस्पताल सञ्चालन

  प्रकाशित मिति
२९ श्रावण २०७७, बिहीबार १२:३५


धरान, २९ साउन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको लेभल थ्री कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको छ ।

आजदेखि सञ्चालनमा आएको सय बेडको क्षमताको लेभल ३ अस्पतालमा गम्भीर प्रकृतिका कोरोना विरामीलाई उपचार गरिने भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले विज्ञप्ति मार्फत उक्त जानकारी दिएका हुन् ।

बैशाख ११ गते देखि सञ्चालन गर्ने भनिएको कोभिड १९ अस्पतालको उद्घाटन प्रदशका मन्त्रीहरुले धुमधामका साथ पहिल्यै गरेका थिए ।

विस्तार गरिएको लेभल ३ अस्पतालमा डाइलाइसिस चाहिने संक्रमित, भेन्टिलेटर सहित आइसियु चाहिने संक्रमित, प्रसुती सेवा चाहिने संक्रमित, अप्रेशन गर्नुपर्ने संक्रमित लगायत गम्भीर प्रकृतिका लक्षणयुक्त विरामीहरुलाई उपचार सेवा प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: