वीपी र आजको राजनीतिक परिवेश

  प्रकाशित मिति
७ श्रावण २०७३, शुक्रबार १८:०३


puspa sir

पिता कृष्णप्रसाद र माता दिव्या कोइरालाको कोखबाट जन्म लिनु भएका वीपी कोइराला नेपाली काँग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री भनेर मात्र सम्बोधन गर्नु वहाँप्रति अन्याय हुनेछ । नेपालबाट राणाशासनको अन्त्य तथा निर्दलियताको पराकाष्टा बोकेको पञ्चायती व्यवस्थाको अन्त्यका लागि जीवनपर्यन्त संघर्ष गरिरहने एक यस्ता महामानव जसको दुरदर्शी नेतृत्व तथा क्षमतामा देश आजको परिस्थितिसम्म आइपुगेको छ । हिजो वीपीको ३४औँ स्मृति दिवश मनाइरहँदा र देशको राजनीतिलाई विश्लेषण गर्दा उहाँले २०३३ सालमा मेलमिलाप नीति लिएर स्वदेश फर्कदाको अवस्थालाई सम्झनु उचित हुन्छ ।
वीपी कोइरालाले भारतमा लामो प्रवासी जीवन बिताएर २०३३ सालमा स्वदेश फर्कन लाग्दा नेपाली जनतालाई सन्देश दिदै भन्नुभएको थियो – ‘देश आज संकटमा छ । केही वर्षदेखि यो संकट चर्किदै गएको छ । जसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आउन सक्छ । यही गम्भीर अवस्थालाई बुझेर हामी स्वदेश फर्कदै छौं ।’

बंगलादेशमा सैनिक ‘कु’ भएर राष्ट्रपति शेख मुजिबुर रहमानको सपरिवार हत्या हुनु, सिक्किम राष्ट्र भारतमा विलय हुनु, इन्दिरा गान्धीले भारतमा इमरजेन्सी शासन लागु गर्नु, संसारभरि बिभिन्न देशबिच शितयुद्ध चल्नु, यी सबै कारणहरुको दुरदर्शी बिश्लेषण गरी अब भारतमा बसेर निर्वासित जिवन बिताइरहँदा नेपाललाई संकट आईपर्ने देखेर राजा वीरेन्द्रले मारुन् वा जेल हालुन् त्यसको पर्वाह नगरी वीपी कोइराला स्वदेश फर्किनुभएको थियो । र, भन्नुभएको थियो – ‘आजसम्म हामी प्रजातान्त्रिक अधिकारका लागि लडिरहेका थियौं तर, अब हाम्रो काँधमा अर्को एक थप जिम्मेवारी आईपरेको छ, त्यो हो, देशको अस्तित्वको रक्षा अर्थात राष्ट्रियता र प्रजातन्त्रका लागि संघर्ष गर्ने ।’

वीपीले २०३३ सालमा देखेको संकट त्यतिबेला जति सान्दर्भिक थियो आज त्यति नै बढी छ । जतिजति २०७४ मंसिर ७ नजिकिदै छ त्यतित्यति नै दलहरु बिचको मेलमिलाप हुनुको साटो विग्रह छ । यस समयावधिभित्र देशमा स्थानिय निकाय, प्रदेश तथा केन्द्रीय सरकार बनाउनका लागि चुनावी प्रव्रिmया नयाँ संविधान सम्मत् बनिसक्नुपर्ने प्रावधान छ जबकी, सहमतीय सरकारको साटो बहुमतिय सरकार बन्ने श्रृङ्खला जारी छ ।

दोश्रो संविधानसभाबाट पक्कै संविधान प्राप्त गर्न सकिन्छ भन्ने दलहरुको विश्वासका कारणले नेपाली जनता संविधानसभाको निर्वाचनमा होमिए । नेकपा–माओवादीले बहिस्कार गर्दा पनि उत्साहजनक रुपमा सहभागी भएका नेपालीको भावनालाई सम्मान गर्ने हो भने वीपीले अख्तियार गरेको मेलमिलाप नीति आज आवश्यक छ । २०७४ मंसिर ७ सम्ममा गरिसक्ने भनिएको स्थानिय निकायको चुनाव, प्रादेशिक तथा केन्द्रीय चुनाव कुनै एउटा दल विशेषको प्रयत्नबाट मात्र सम्भव छैन । संसद्का सबै दलबिचको आपसी मेलमिलापबाट मात्र यो सम्भव छ । संविधान जारी गर्दाका एक भएका दलहरुले आन्दोलनरत दलप्रति मेलमिलापको नीति अपनाउनु पर्छ । अतः नेपाली जनताले चाहेको लोकतान्त्रिक तथा मानवअधिकार सम्मत् संविधानका लागि पनि आजको मूलमन्त्र हो, ‘मेलमिलाप नीतिका आधारमा संविधानको कार्यान्वयन ।’

नेपालको छ दशक लामो राजनैतिक इतिहासलाई केलाएर हेर्ने हो भने देशमा सदैव दुई प्रकारका अस्थिरताले देश गाँजिदै आइरहेको छ । पहिलो, राजनीतिक अस्थिरता र दोस्रो, योजनाबद्ध विकासको अभाव । राजनीति जति भ्रष्ट, असक्षम, गुटबन्दीग्रस्त हुन्छ, त्यति नै त्यसको असर विकासमा पनि देखापर्दछ । वीपीको भाषामा भन्नुपर्दा ‘नैतिकता बिनाको राजनीति निरर्थक र अलिनो हुन्छ ।’ तसर्थ नेपालका राजनीतिक दलहरु ज्ति बढी सक्षम र दुरदर्शी, गुटरहीत, पार्टीमा सबल र सक्षम कार्यकर्ता तथा नेताहरुको पहुँच हुन्छ त्यति नै देशमा राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव हुन्छ । तर, यी दुवै अस्थिरताहरु दीर्घरोगका रुपमा ग्रसित छन् । जबसम्म देशका राजनीतिक दलले नागरिकको भावना, चाहना तथा समयानुसार परिस्कृत गर्दै लैजान सक्दैनन्, तबसम्म न त दलहरुमा प्रजातान्त्रिक संस्कारको विकास हुन्छ, न त देशले विकासको बाटो पहिल्याउन नै सक्छ । न त राष्ट्रियताप्रति सचेतना जाग्छ । आज हाम्रो देशले मागेको परिवर्तन पनि यही हो । वीपी कोइरालाले यसलाई समयमै बुझिसकेको हुनुपर्दछ । उहाँले भन्नुभएको छ – ‘राष्ट्रियताको भावना अहिलेको बद्लिदो परिस्थितिमा समयले मागेको छ ।’

वीपीले राणाशासनको अन्त्य र राज्य सञ्चालनमा जनताद्वारा प्रतिनिधित्व शासन पद्धति स्थापित गर्ने काममात्र गर्नुभएन । देशको भविश्य नयाँ ढङ्ंगबाट कोर्ने कार्यको थालनी गर्नु भयो । विकासलाई नयाँ ढङ्गबाट सोच्न थालियो । जनताका मौलिक तथा राजनीतिक अधिकारबारे योजनाबद्ध ढङ्गबाट कार्यको थालनी भयो । तर, त्यो राजा महेन्द्र शासनसत्तामा पुगेपछि व्रmुर ढङ्गबाट निमोठ्ने काम भयो । यहीबाट शुरु भयो, राजनीतिक अस्थिरता र विकासको क्रमभङ्गता । जसलाई कांग्रेसले समय–समयमा प्राप्त गरेको सत्ताबाट जनताका मौलिक तथा राजनीतिक अधिकारलाई स्थापित गराउने प्रयत्न नगरेको हैन । तर बिचमा आफू सत्ता बाहिर रहँदा नेपालका कम्युनिष्ट पार्टीहरुले अङ्गिकार गरेको प्रचारमुखी तथा क्षणिक लाभ प्राप्त हुने खालका योजना, नीति तथा कार्यक्रमले देशलाई पुनः पछाडि धकेल्ने काम मात्र भएको पाइन्छ । आजसम्म राजनीतिमा हावी हुँदै आएको काँग्रेसले वीपीले देखाएको बाटोबाट अगाडि बढ्नुपर्छ । वीपीले देखाएको बाटो पहिल्याउने थियो भने काँग्रेसले दीर्घकालिन विकासलाई योजनामा समेट्न सक्नुपथ्र्यो । वीपीले भन्नुभएको छ – ‘त्यो पार्टीको राजनीतिक योजना नै हैन, जसले देशको २५ वर्ष, ३० वर्ष, ५० वर्षपछिको भविष्य हेर्दैन ।’ वीपी कोइराला अगाडि नेपालमा भारतीय सरकारी प्रशासकबाट राज्य सञ्चालित हुने गरेकोमा उहाँकै पालामा सो अधिकारलाई फिर्ता गरिएको थियो ।
हामीले चाहेको संविधान हाम्रो तथा राम्रो संविधान हो । नेपालीको संविधान हो । दलित, मधेशी, अल्पसंख्यक, आदिबासी तथा जनजाति, पिछडिएका वर्ग तथा समुदायको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पहुँच पुग्ने तथा सुनिश्चित हुने संविधान हो । यसका लागि मुलुकमा विकेन्द्रित सरकारको आवश्यकता पर्दछ । अहिलेको निर्माणाधीन संविधानमा नेपाली जनता त्यही खोजीरहेका छन् । यो तब सम्भव छ जब देशले संघीय लोकतान्त्रिक संविधान प्राप्त गर्दछ । वीपीले उठाएको अर्को महत्वपूर्ण परिवर्तन पनि विकेन्द्रित सरकार नै थियो । देशको तल्लो भन्दा तल्लो निकायसम्म लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउने हो भने विकेन्द्रित शासन पद्धति नै विकल्प रहीत हुन्छ । जुन नेपाली जनताले प्राप्त गरेको संविधानमा सुनिश्चित भएको छ ।
वीपी कोइरालाको स्मृति दिवस मनाइरहँदा देशमा विकसित नयाँ सत्ता समीकरणले तबसम्म सार्थकता पाउन सक्दैन, जबसम्म कांग्रेसले असन्तुष्ट दल तथा समूहहरु र विपक्षी दलहरुलाई वीपीको मेलमिलाप नीति अनुरुप अख्तियार गर्दैन । समयानुसार मेलमिलापको सन्दर्भ फरक फरक किन नहोस् । वीपीको मेलमिलाप नीतिबाट नै आजको राजनितिक समस्या समाधानतर्फ उन्मुख हुनेछ । अबको मूलमन्त्र हो – ‘मेलमिलाप नीतिका आधारमा संविधानको कार्यान्वयन ।’ यही मुलमन्त्रलाई आधार बनाएर अगाडि बढेमा मात्र महानायक विशेश्वरप्रसाद कोइरालाप्रति सच्चा श्रद्दाञ्जलि हुनेछ ।
लेखक ः काँग्रेसका जिल्ला सदस्य हुन्

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: