वृद्धाश्रम बन्ने आशा पलायो, समितिको संयोजकमा नेम्वाङ

  प्रकाशित मिति
२५ आश्विन २०७७, आईतवार २०:११


मेचीनगर, २५ असोज । मेचीनगर लेडि जेसीजले मेचीनगर–१० मा वृद्धाश्रमको निर्माण कार्य अघि बढाउन सामाजिक व्यक्तित्व पङ्कज विक्रम नेम्वाङको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको छ ।

समाजसेवी दाताराम खनालले वृद्धाश्रम निर्माणका लागि २०७२ सालमै ४ कठ्ठा ८ धुर जग्गा जेसिजलाई दान दिएका थिए ।

एन्फाका उपाध्यक्ष एवम् मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नेम्वाङको संयोजकत्वमा आइतवार गठन गरिएको १५ सदस्यीय निर्माण समितिले अब वृद्धाश्रमको काम चाँडै थाल्ने वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष टीका सुबेदीले बताएकी छन् ।

निर्माण समितिमा मेचीनगरको सामाजिक तथा व्यावसायिक जगतका हेविवेटहरु चयन भएका छन् । उनीहरुको सक्रियताले भवनका लागि मनग्ये आर्थिक सहयोग बेलैमा जुट्ने अपेक्षा गरिएको छ ।

निर्माण समितिको सहसंयोजकमा प्रकाश भण्डारी, सचिवमा ध्रुव कनाल, सहसचिवमा शोभा श्रेष्ठ र कोषाध्यक्षमा असिम निरौला रहेका छन् ।

सदस्यमा सीता गुरुङ, ऋषि तिम्सिना, मोहन निरौला, खड्ग धिमाल, सुनिता पनेरु, सुरेश शर्मा, सञ्जीव साह, दिनेश शाक्य, मञ्जु खनाल र टीका सुबेदी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: