वैज्ञानिक बन व्यवस्थापन नीति खारेज, काठ दाउरा विक्री वितरण खुला

  प्रकाशित मिति
१४ माघ २०७७, बुधबार १९:५८


झापा, १४ माघ । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि खारेज गरेको छ ।

२०७१ सालमा ल्याइएको सो नीतिका बारेमा विवाद रहँदै आएको थियो ।

मन्त्रीपरिषद्को आइतवार बसेको बैठकले कार्यविधि खारेज गर्दै बन व्यवस्थापन नीति लागू गरिएका बनहरुको घाटगद्दीमा थुपारिएका काठ दाउराहरुको रेकर्ड १५ दिनभित्र प्रदेशको बन निर्देशनालय र बन मन्त्रालयमा पठाउन जिल्लाका बन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

बन ऐन २०७६ कार्यान्वयनका लागि नयाँ नियमावली, निर्देशिका र कार्यविधि लागू गर्ने बैठकले निर्णय गरेको छ ।

वैज्ञानिक बन व्यवस्थापन लागू भएका बाहेका बनलाई काठ दाउरा विक्री वितरण र ओसारपसारका लागि सरकारले खुला गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: