वैदेशिक रोजगारको अवसर चुनौती

  प्रकाशित मिति
३ पुष २०७२, शुक्रबार ०६:०७


naresh khati
नेपालको जनगणना २०६८को तथ्याङक अनुसार, देशको कुल जनसंख्याको ५६ दशमलव ९६प्रतिशत जनसंख्या १५देखी ५९ वर्ष उमेरका रहेका छन् । यो उमेर समुह श्रमको निम्ति सक्रिय जनशतिm हो । देशको ठुलो हिस्सा श्रमयोग्य हुनु खुसी कुरा हो । नेपालमा वार्षिक रुपमा ४ लाख ५० हजार भन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्दछन् । ती मध्ये ठूलो संख्यामा बेरोजगार, अर्ध बेरोजगार रहेका छन् । राज्यले रोजगारको अवसर सिर्जना गर्न नसक्दा आजका युवाहरुको मनमस्तिष्कमा वैदेशीक रोजगारीमा जाने आर्कषण दिनानुदिन बढ्दो छ । माओवादी जनयुद्ध र मधेशमा भएको ससस्त्र दन्द्धका समयमा गाउँका गाउँ रित्याउँदै युवाहरु विदेशीन बाध्य थिए । त्यस समयमा तत्कालिन दन्द्धका कारण विदेशीन बाध्य भए पनि शान्ति प्रक्रियाको शुरुवाती सँगै विदेशीने क्रममा उल्लेख्य कमी आउने आशा निराशामा बद्लिएको छ । आज दैनिक १५सय भन्दा बढी युवाहरु व्ौधानिक बाटो भएर विदेशी रहेका छन् ।

युवाको मस्तिष्कमा यदि उद्यम हुन्छ भने त्यो विदेश गए पश्चात मात्र हुन्छ भन्ने भावले जरो गाडेको छ । एस.एली.सी. परीक्षा पास गरेको युवाको मनमा मेरो कहिले विदेश जाने उमेर पुग्छ भन्ने लागि सकेको हुन्छ । नेपालमा भविष्य छैन् , भने जस्तो काम हुदैन, भए पनि जीवन धान्न मुस्किल हुन्छ, भन्ने जस्ता वाक्यांश बुढापाका देखि पन्ध्र, सोह्र वर्षको किशोरहरुबाट सुन्न सकिन्छ । लाग्छ आज पैसा कमाउने पहिलो र अन्तिम माध्यम छ भन्ने त्यो विदेश नै हो ।

नेपाली विदेश यात्रा वि.स.१८७२ मा इष्ट इन्डिया कम्पनी सरकारसँग सुघौली सन्धि पछि आरम्भ भएको मान्न सकिन्छ । उक्त सन्धि पछि नेपालीहरु ब्रिटिस सेनामा भर्ती हुन थाले, । भारतमा नेपालीका लागि सेनामा भर्ती लिइन थाल्यो । सेनाबाट वैदेशिक रोजगारको शुरुवातसँगै खाडी मुलुकमा सन १९७० पछि नेपालीहरु कामदारका रुपमा जान थाले ।

नेपालमा सरकारले आ.व.२०७१।०७२मा नेपाली कामदारका १ सय १० वटा मुलुकलाई खुला ग¥यो । नेपालीहरु आकर्षक मुलुक दक्षिण कोरिया मा १ लाख देखि ३ लाख सम्म कमाई गर्छन भने खाडी मुलुक कुवेत कतारमा नेपाली रुपैयाा दश पन्ध्रहजार मात्रामा पनि चित्त बुझाउनु परेको छ । नेपाली जनशक्ति जीवनस्तर सुधार्न अमेरीकी मुलुकमा आफ्ना दक्षता देखाउदै, त्यसबाट बचेकुचेका र विदेशको लागि उचित समयको पर्खाइमा रहेका जनशक्ति मात्र नेपालमा रहेका छन् भन्दा अतिसयोक्ति नहोला । थोरै मात्र जनशक्ति नेपालमै केही गरौँ भन्ने जर्बजस्त प्रयास गरिरहेका छन् ।

स्वदेशमा रहेका वेरोजगारी समस्या, आय आर्जनको अभाव, राजनीतिक अस्थिरता, शैक्षिक जनशक्ति व्यवस्थापन गर्न नसक्नु, नेपालीहरुको विदेशी मोह र आर्थिक भू–मण्डलीकरणका कारण नेपालीहरुको विदेश जाने क्रम तत्काल रोकिने अवस्था छैन । साथै राज्यको ठूलो आर्थिक स्रोतको रुपमा विप्रेषण ९च्झष्ततबलअभ ) रहेको छ । राज्यको आर्थिक भार विप्रेषणले ओगटेका कारण वैदेशिक रोजगारबाट अन्य क्षेत्रमा ३५ लाख भन्दा बढि नेपाली जनशक्तिलाई अन्य क्षेत्रमा डाइभर्ट गर्न सक्ने सम्भावना छैन । नेपाल र नेपालीका लागि आजका दिनमा ठुलो अवसर र चुनौती बनेको छ वैदेशिक रोजगार ।यस कुरालाई हामीले नकार्न मिल्दैन । त्यसैले यो अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन २०६४ वैदेशिक रोजगार नियमावली २०६४ र वैदेशिक रोजगार नीति २०६८ जारी गरेको छ । नेपाली कामदार पठाउने मुलुकमा राजदुत वा श्रम सहचारी पठाउने कार्य पनि अघि बढाएको छ  त्यसैगरि त्रिवर्षीय योजना २०७०÷०७१–२०७२÷०७३ मा वैदेशिक रोजगारलाई महत्व दिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित भरपर्दो र प्रतिफलयुक्त बनाउने, श्रमिकको हक अधिकारको संरक्षण तथा लगानीमैत्री वातावरणको सृजना गरि सुमधुर श्रम सम्बन्ध स्थापना गर्ने , सीप तथा व्यसायिक तालिमका अवसरहरु वृद्धि गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक श्रम शक्ति विकास गर्ने र सामाजिक सुरक्षा कोष  परिचालन गर्ने उद्देश्य राखेको छ ।

वैदेशिक रोजगारमा जाने क्रममा नठगीउन भनेर नेपाल सरकारले रोजगारमा जानेलाई अनिवार्यअभिमुखीकरण तालिमको व्यवस्था गरेको छ ।आ व २०७१÷०७२ मा विभिन्न जिल्लामा अभिमुखीकरण गर्नै स्वयमसेवक परिचालन र वैदेशिक रोजगारमा जानेका लागि परामर्शकर्ताको व्यवस्था गरेर सेवा दिन थालेको छ । खाडीमुलकमा भिसा र हवाइ टिकटको रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने र मेनपावर कम्पनीले यस वापतको शुल्क लिन नपाउने भनिएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित रुपमा संचालन गर्न नेपाल सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्रालय , श्रम तथा रोजगार प्रर्बद्धन विभाग, वैदेशिक रोजगार विभाग , श्रम कार्यालय , व्यावसायिक तालिम केन्द्र , परराष्ट्र मन्त्रालय र सो अन्तर्गत विदेशस्थित नेपाली नियोगहरुको व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार अवसरको रुपमा
मान या नमान मै तेरा महेमान भने झै वेदेशिक रोजगार नेपालीका लागि महत्वपूर्ण अवसरका रुपमा रहेको कुरालाई नकार्न  मिल्दैन। वि.स. २०५२  पछिको माओवादी जनयुद्ध पछि विदेशीने क्रम तिव्र गतिमा बढेपछि नेपालीहरुको जीवनस्तरमा निकै ठूलो हलचल आएको छ । साहु माहजनको हलीगोठालाका अर्काको जमिन जोत्ने , जग्गा विहिन  गरिवहरुको घर खेत जोडिएको छ । साहु माहजनकोमा बाध्यत्मक  श्रम गर्नृ पर्दैन , राज्यले धान्न नसकेको बेरोजगारी  समस्या कम भएको छ । परिवार तथा देशको आर्थिक अवस्थामा सुधार आएको छ । वैदेशिक रोगारको माध्यमबाट विभिन्न देशहरुसंग सम्बन्ध  सुधार हुनका साथ वैदेशिक सीप तथा प्रविधि देशमा  भित्रिएको छ । देशको ठूलो आर्थिक हिस्सा विदेशबाट प्राप्त विप्रेषण ओगटेको छ । नेपाली समाजका मान्छेले विश्व जगतसंग परिचित हुने मौका साथै सोच्ने शैलीमा परिवर्तन आएको छ । आज  फराकिलो  दिमागले सोच्न सुरु गरेका छन् ।

वैदेशिक रोजगार चुनौती
नेपालीहरु अर्थ अपार्जनका निम्ति विदेशीने क्रम संगै नेपालीहरु परनिर्भर भएका छन् । आफ्नो ुमुलुकमा कुनै विकासका सम्भावना नदेख्ने जे गर्न सकिन्छ त्यो विदेशबाट प्राप्त कमाइबाट मात्र गर्न सकिन्छ भन्ने सोचेका विजारोषण भएको छ । वैदेशिक रोजगारीमा जाने गरिब नेपालीले आफ्नो घर खेत बेच्नु पर्नै बाध्यता छ । वैदेशिक रोजगारमा पठाउने दलालबाट ठगीनु पर्नै ।, भाषागत र सीपगत समस्याले विदेशमा दुर्घटनामा पर्ने ज्यान जाने तथा हेपिएर काम गर्नृ पर्नै , नेपालमा एउटा काम र तलबको सर्तमा गएका नेपालीले विदेशमा  गएर सर्तअनुसार काम तलब नपाउने लगायतका चुनौती भए पनि सबै भन्दा खतरनाक चनौुती नेपालका  सक्रिय जनशतिmलाई देशमा व्यवस्थापन गरेर सृजनात्मक काममा  लगाउन नसक्नु हो ।
समग्रमा नेपाल जस्तो विकसिल मुलुकका लागि वैदेशिक रोजगारले अल्पकालीन अवसर प्रदान गररेको छ । बेरोजगारी समस्यामा थोर बहुत रुपमा भर थेग गरेको छ । विप्रेषणले आर्थिक रुपमा सवलीकरण गर्न सहयोग पु¥याएको छ । नेपालीहरु जीवनस्तरमा बद्लाव ल्याएको छ । यति हँुदा हुदै पनि नेपालको विकासमा सामान्य टेवा भन्दा ठूलो श्रति व्यहोर्नै निश्चित छ । वैदेशिक रोजगार नेपलको मुख्य आयस्रोत नबनेर शाखा स्रोत हुनुपर्छ । राज्यले स्वदेशमा रोजगार सृजना गरेर युवा जमातलाइ स्वदेश निमार्णमा लगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: