वैदेशिक रोजगारीको ठगीमा कैद तोकिएपछि फरार रहेका विर्तामोडका पुरी अर्जुनधाराबाट पक्राउ

  प्रकाशित मिति
१० मंसिर २०७७, बुधबार २१:३२


पक्राउ परेका कुमार पुरी ।

झापा, १० मंसिर । वैदेशिक रोजगारीमा जानेलाई ठगी गरेको अभियोगमा वैदेशिक रोजगार विभागबाट दोषी ठहरिएका विर्तामोड नगरपालिका वडा नं. ३ का ३० वर्षीय कुमार पुरी पक्राउ परेका छन् ।

विभागले २०७२ जेठ २४ गते पुरीलाई वैदेशिक रोजगारी मुद्धामा एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।

तर हालसम्म भाग्दै आएका फरार अभियुक्त पुरीलाई प्रहरीले विशेष सुराकीको आधारमा आज अर्जुनधारा नगरपालिका वडा नं. ५ बाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका पुरीलाई फैसला कार्यान्वयनका लागि अदालतसमक्ष पेश गर्ने गरी हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीका जिल्ला प्रवक्ता राकेश थापाले जनाएका छन् ।

यसैगरी, भापा जिल्ला अदालतले २०६४ भदौ २० गते बन मुद्दामा दोषी ठहर गरी ६ महिना कैद र १५ हजार ८६ रुपैयाँ जरिवाना सजाय तोकेका झापा गाउँपालिका वडा नं. २ का ४२ वर्षीय प्रदिपकुमार माझीलाई प्रहरीले आज खोजतलासको क्रममा पक्राउ गरेको छ ।

माझी आफ्नै घरबाट आज पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: