वैदेशिक रोजगारीलाई व्यवस्थित गर

  प्रकाशित मिति
२३ चैत्र २०७४, शुक्रबार ११:००


वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसाय व्यवस्थित हुन नसक्दा युवाहरु ठगिने गरेको गुनासो पटक–पटक बाहिर आउने गरेको छ । कानुनभन्दा बाहिर गएर मनपरी तरिकाले व्यवसाय सञ्चालन गर्दा समस्या आएको हो । यस्तै आरोप खेपिरहेका झापाका मेनपावर व्यवसायीले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सकारात्मक भूमिका खेल्न भएका छन् । जुन सकारात्मक कदम मान्न सकिन्छ । झापाबाट वैदेशिक रोजगारीमा थुप्रै युवाहरु जाने गरेका छन् । युवालाई बिना झन्झटिलो प्रव्रिmयाबाट विदेश पठाउने काममा व्यवसायीले भूमिका खेल्न जरुरी छ ।

विदेशबाट पठाइने ‘फ्री भिसा’ मा समेत युवाहरुले लाखौँ रुपैयाँ तिर्नुपरेको छ । धेरै व्यक्तिहरुका लागि बैदेशिक रोजगार ठगीखाने भाँडो बनेको छ । एजेन्टहरुको बदमासीका कारण धेरै नेपालीहरुले विदेशमा गएर निकै दुःख पाउनुपरेको छ । सरकारले वैदेशिक रोजगारसम्बन्धी विभिन्न नीति अवलम्बन गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । यसका प्रमुख कारण भनेकै युवाहरुमा सचेतना नहुनु पनि हो । बैदेशिक रोजगारमा जाने लागत कति हो भनेर थाहा नपाउँदा सरकारले तोकेको भन्दा बढी पैसा तिरेर विदेश गइरहेका छन् । यसरी आम युवाहरु ठगिदासमेत सरकारले रोक्नको लागि उचित पहल थाल्न सकेको छैन ।
सरकारले वैदेशिक रोजगारसम्बन्धी नीति नियमलाई कडाइका साथ कार्यान्वयन गर्न जरुरी छ । कानुन कडा भएर मात्र हुँदैन, त्यसको व्यावहारिक कार्यान्वयनका लागि सचेतना आवश्यक पर्छ । राहदानी बनाउँदा नै युवाहरुलाई बैदेशिक रोजगारसम्बन्धी आधारभूत जानकारी दिन जरुरी छ । युवाहरुलाई आफू जान चाहेको देश, काम, सेवा, सुविधा र लागत खर्चको विषयमा जानकारी हुन्छ । भिसा लागिसकेपछि रोजगारमा जानुभन्दा पहिले कम्तिमा एक हप्ता सम्बन्धित देशको भाषा र कामसम्बन्धी तालिम अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था गरिनुपर्छ । साथै, वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाइरहेकालाई सरकारले कडा कारवाही गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: