वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

  प्रकाशित मिति
११ माघ २०७७, आईतवार १८:४१


झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन् । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग आज विवाह गरेका हुन् ।

मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुलाहा–दुलही बस्ने ठाउँदेखि पाहुना रहने ठाउँहरु चिरिच्याट्ट बनाइएको छ ।

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह भएको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ ।

आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए । विवाहपछि आजै बेलुकी रिसेप्सन आयोजना गरिँदैछ । रिसेप्सनमा भने राष्ट्रपति÷प्रधानमन्त्रीलगायत भीआइपीहरुलाई पनि निम्ता छ ।

शेरधन राई दुलाहाको लागि २ वटा पोसाकमा सजिएका छन् । सुरुमा किँराती पोसाकमा सजिएका थिए भने पुन शेर्पा जातीको दुलाहाले लगाउने पोसाकमा सजिएका थिए ।

मुख्यमन्त्री राई र जाङ्मु को उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र जाङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्च अधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थुप्रै उदाहरणहरु छन् । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी मेलानिया पनि एक चर्चित मोडल हुन् ।

अमेरिका र युरोपमा यस्ता थुप्रै उदाहरण छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेका हुन् । यो नेपाली राजनीतिक बृत्तका लागि सम्भवत पहिलो र नौलो हुनसक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: