व्यवसायमा रमाउँदै पूर्व लडाकु

  प्रकाशित मिति
४ श्रावण २०७३, मंगलवार ११:००


DSC07214 DSC07205
मेचीनगर । कुनै समय माओवादी लडाकु बनेका मेचीनगर–१३ का रमेश नेपाली र तुलसा नेपाली (पौडेल) को जोडी यतिबेला व्यवसायिक कुखुरा र बंगुर पालनमा व्यस्त छन् । दन्द्धकालको समयमा समाज र देश परिवर्तन गर्ने लक्ष्य बोकेर माओवादीमा होमिएका रमेश र तुलसा २०६४ सालको शान्ति प्रव्रिmयापछि झापाको मेचीनगरलाई कर्म थलो बनाएर २ वर्षदेखि व्यवसायिक कुखुरा र बंगुर पालन गर्दै आएका छन् ।

१ लाख लगानी गरेर व्यवसाय सुरु गरेका उनीहरूले घरैमा राम्रै आम्दानी गर्दै आएका छन् । सुरुमा किराना पसल गरे पनि पसलले भनेजस्तो आम्दानी दिन नसकेपछि विकल्पको रुपमा यो परिवारले यो व्यवसाय रोजेको थियो । विहानदेखि बेलुकासम्म उनीहरू दुबै जना काम गर्छन् र जे जति आम्दानी हुन्छ त्यसैमा सन्तुष्ट हुन्छन् ।

रमेश भन्छन् –‘ जे जति आम्दानी हुन्छ त्यसले परिवार चल्दै आएकोे छ । हामी यसैमा सन्तुष्ट छौँ ।’ उनीहरूले धरानबाट ल्याएको हिमसागर उच्च जातको ३ वटा बङ्गुर पालेका छन् । जसले राम्रै आम्दानी दिने गरेको छ । यसैगरी हरेक पटक ३ सय देखि ४ सयसम्मका दरले बैइलर कुखुरा हुर्काउँदै आएका छन् ।

२०५८ सालमा कक्षा ६ मा पढ्दै गर्दा पढाइ नै छोडेर रमेश जङ्गल पसेका थिए । जसको एक महिनापछि माओवादीको सेनामा भर्ती भएका उनी जस्तोसकुै अफ्ठ्यारो परिस्थितिलाई पनि सहजै समाधान गर्न सक्ने क्षमता थियो । खोटाङमा जन्मेका रमेश र सिन्धुलीमा जन्मिएकी तुलसाले जनयुद्धकै समयमा २०६२ सालमा अन्तरजातिय विवाह गरेका थिए । समाजमा रहेको कुरीति र कुसंस्काराई अन्त्य गर्ने भन्दै उनीहरूले अन्तरजातिय विवाह गरेका थिए ।

५ वर्ष माओवादीमा सहायक कमाण्डर भएर काम गरेका रमेशले स्वच्छिक अवकास लिएर ६ लाख रुपैयाँ प्राप्त गरेका थिए भने संगै काम गरेकी तुलसालाई अयोग्य ठहराउँदै विदा गरेको थियो । अन्नत उनीहरू त्यहि रकम बोकेर मेचीनगर आएका थिए । उक्त रकमले दुई कठ्ठा जग्गा र एउटा सानो घर बनाएको रमेशले बताए । ‘अझै केही गर्न बाँकी नै थियो’ आफ्नो विगतलाई सम्झदै रमेशले भने–‘पुँजीबाद र सामन्तीवादको अन्त्य गर्ने सपना अझै पूरा हुन सकेन ।’

यो जोडीको भेट पनि आन्दोलनताका नै भएको हो । रमेश भोजपुरको घोरेटार क्याम्प आव्रmमण गर्न गएको समयमा भेट भएको थियो । ‘सुरुमै म उहाँप्रति आर्कषित भएकी थिएँ’ लजाउँदै तुलसाले भनिन्–‘त्यसपछि ६ महिना हामीबीच प्रेम सम्बन्ध गाँजियार र परिवारकै सल्लाहमा विवाह समेत भयो ।’ अहिले उनीहरूका २ भाई छोरा छन् । जेठो छोरा नजिकैको बोडिङमा पढ्छन् ।

दन्द्धकालाको समयमा रमेशको शरीरमा लागेको गोली अझै निकाल्न सकिएको छैन् । सिराहको बन्दीपुरमा आव्रmमण गर्दा सेनाले हानेको गोली उनको दाइने खुट्टामा लागको थियो । रकम अभावका कारण उक्त गोली अहिलेसम्म उनको शरीरबाट निस्केको छैन ।

नेपालकको राजनीतिदेखी रमेशलाई दिक्क लागेको छ रे । देश परिवर्तनको लागि आफ्नो ज्यान नै जोखिममा राखेर आन्दोलनमा होमिए पनि अझै देशले परिर्वतन गर्न नसकेको गुनासो गरे । उनी माओवादीले देखेको सपना पूरा हुन नसक्नुमा माओवादीकै नेतृत्वका कारण भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: