‘व्यवसायीको विश्वास ममाथि छ’

  प्रकाशित मिति
१३ श्रावण २०७३, बिहीबार १५:२९


kumarmani 1सुरुङ्गाको सामाजिक क्षेत्रमा सक्रिय युवा व्यक्तित्व कुमारमणि पोखरेल भोलि (साउन १४ गते) हुने कनकाई उद्योग वाणिज्य सङ्घको चुनावमा अध्यक्ष पदको उम्मेदवार बनेका छन् । उनीसँग लोकतन्त्र पोस्टले लिएको अन्तरवार्ता पढ्नुहोस्–

तपाईंको उम्मेद्वारी किन ?
–मेरो उम्मेद्वारी कनकाई उद्योग वाणिज्य सङ्घको अहिलेसम्मको स्थिति हेर्दा विगतमा कनकाई उद्योग वाणिज्य सङ्घको मातहतमा रहेको कनकाई अतिथि सदन निर्माण सम्पन्न गर्न ध्यान केन्द्रित भयो । र, अबको दिनमा युवाहरुको सर्कललाई एकतावद्ध गरेर हिँड्नका लागि मेरो उम्मेद्वारी हो । स्थानीयस्तरबाटै केही गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि, व्यापारको विकास, व्यवसायको विकास र स्थानीयस्तरमा हामीले जुन बन्द निषेधित क्षेत्र सुरुङ्गा बनाएका छौँ । अहिले कनकाईको रुप लिएको छ । र, बन्द निषेधित कनकाई नगरमा राष्ट्रिय पूँजीलाई आकर्षित गर्न हामीले खास कार्यव्रmम बनाएका छौँ । बुँदागत रुपमा हामीले प्रष्ट रुपमा प्रस्तुत गरेका छौँ । तिनै कुराहरुलाई व्यावसायिक र सामाजिक दायित्वका रुपमा रुपान्तरण गर्न समग्र कनकाईबासीको हितका लागि ती बुँदाहरु अघि सार्दै मेरो उम्मेद्वारी नगरबासी समक्ष राखेको छु ।

जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
–मलाई पूर्ण विश्वास छ । मेरो जीत सुनिश्चित भइसक्यो । सँगसँगै मलाई के लाग्छ भने हामी प्रजातान्त्रिक अभ्यासमा छौँ । स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । जीतलाई पनि सहज रुपमा ग्रहण गर्न सक्नुपर्छ । र, हारलाई पनि स्वाभाविक प्रव्रिmया हो भनेर लिनुपर्छ । व्यवसायीको विश्वास ममाथि छ

कस्ता–कस्ता व्यक्तिलाई तपाईंले प्यानलमा समावेश गर्नुभएको छ ?
–निक्कै महत्वपूर्ण प्रश्न गर्नुभयो । म विगत २ वर्षदेखि कनकाई वाणिज्य सङ्घसँग आवद्ध छु । र, कनकाई उद्योग वाणिज्य सङ्घसँग आवद्ध धेरै समितिकै साथीहरुको सल्लाह बमोजिम नै मैले उम्मेद्वारी प्रस्तुत गरिरहेको छु । र, कनकाई उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा सदस्यहरु मेरो टीममा समावेश हुनुहुन्छ । र, केही युवा साथीहरुलाई पनि हामीले सहभागी गराएका छौँ । समग्र रुपमा सामाजिक विकासमा योगदान दिन सक्ने खालका युवाहरु मेरो प्यानलमा हुनुहुन्छ । सबैसँग सहकार्य गर्न सकियो भने भोलि प्रष्ट बहुमत आयो भने अहिले हामीले गरेका प्रतिवद्धता पूरा गर्न कहीँ चुक्ने छैनौं भन्नेमा हामी सबै कटिवद्ध छौँ ।

कनकाई नगर क्षेत्रका व्यापार–व्यवसायीका समस्या चाहिँ के–के रहेछन् त ?
–समस्या अनगिन्ती छन् । म केही प्रष्ट पार्न चाहन्छु भने, हामी अहिले प्राकृतिक रुपमा सम्पन्न र आर्थिक रुपमा विपन्न मुलुकको सानो नगरको उद्योगी व्यवसायीको नेतृत्व चयनका लागि मैदानमा होमिएका छौँ । हाम्रो आर्थिक परिधिहरु, आर्थिक सीमाहरु फरक छन् । विपन्न राष्ट्रको सानो नगरको आर्थिक हैसियत के हुन सक्छ ? त्यहाँ भित्री रहेर पनि कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ? युवाहरु लागेमा देशको र समाजको मुहार फेर्न सम्भव छ भन्ने पुष्टि यो चुनावी अभियानपछि प्रस्तुत गर्ने छौँ । आजसम्म युवाहरु एक भएर हिँड्दा सबै काम पूर्ण भएका छन् । यी काम पनि पूरा गर्र्छाैं । यथास्थितिमा रहेको वाणिज्य सङ्घलाई अगाडि बढाउन हामी सक्षम हुन्छौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ ।

ती समस्या समाधान गर्न के के पहल गर्नुभयो त ?
–चुनावी अभियानका व्रmममा मेरा धारणाहरु राखिसकेकी छु । हामीले अब गर्ने कामका बारेमा पत्रकार सम्मेलन नै गरेर हाम्रा एजेण्डा सार्वजनिक गरेका छौँ । हाम्रो भिजन हामीले सार्वजनिक गरेका छौँ । कनकाईलाई बन्द निषेधित क्षेत्रको रुपमा स्थापित गरिरहँदा यहाँको तरकारी बजार, फलफूल बजार, खुद्रा, रेडिमेट बजारको व्यवस्थापन, कर र व्यवसायको सम्बन्धको कुरा छ । बजार विकास र विस्तारको कुरा छ । र, व्यवसायीहरुलाई सुविधा सम्पन्न बनाउने, बजारमा खानेपानी र शौचालयको व्यवस्था गर्नुपर्छ । धेरै आधारभूत भौतिक संरचनाहरु निर्माण गर्न बाँकी नै छ । र, विगतमा कनकाई अतिथि सदन निर्माणमा अल्झिएको कनकाई उद्योग वाणिज्य सङ्घलाई नयाँ ढङ्गले अगाडि बढाउन योजनावद्ध रुपमा आएका छौँ । तालिम शिक्षा तथा व्यवसायीलाई सीप विकासका लागि परामर्श दिने पनि हाम्रो योजना छ । सङ्घ र व्यावसायिक बीच समन्वयकारी भूमिका खेल्नुपर्ने आवश्यकता छ ।

तपाईंले जित्नु भयो भने उपविजेता टिमका साथीहरुलाई कसरी समेट्नु हुन्छ ?
–हामीले जसले जिते पनि कनकाई नगरको विकासमै केन्द्रित हुन्छौँ । हाम्रो टिम विजयी हुन्छ भन्ने छनक हामीलाई चुनावी प्रचारको व्रmममा नगरबासीले दिनु भएको साथ र विश्वासबाट पाइसकेका छौँ । हाम्रो प्यानल विजयी भयो भने उपविजयी टिमका साथीहरुलाई सँगै लैजान्छौँ । उहाँहरुसँग पनि सरसल्लाह गरेर अघि बढ्नुपर्छ । काम गर्न सबै नगरबासीको सहमति चाहिन्छ । र, व्यापार व्यवसायीको हकहितका लागि निर्वाचनसम्म मात्रै दुई वटा प्यानल हो । त्यसपछि हामी एकढिक्का भएर अघि बढ्छौँ । चुनावी प्रसार–प्रसार पनि स्वच्छ र लोकतान्त्रिक विधिबाट गरिरहेका छौँ । त्यसैले चुनावमा जसले बहुमत ल्याए पनि हामी यो क्षेत्रको विकासका लागि सधैँ एकढिक्का हुन्छौँ । सबैलाई समेट्नु असल नेतृत्वको दायित्व पनि हो ।

एउटै पार्टीमा आस्था राख्ने दुई जना भिड्दै हुनुहुन्छ, यसले कतै गलत म्यासेज त जाँदैन ?
–गलत सन्देश जाँदैन । किनभने हामी प्रजातान्त्रिक अभ्यास गर्दै छौँ । प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राखेर अगाडि बढ्दै छौँ । सँगसँगै म के पनि भन्नु चाहन्छु भने म कुनै राजनीतिक दलको चुनाव चिन्ह लिएर नेतृत्वका लागि अगाडि आएको होइन । यो उद्योग वाणिज्य सङ्घको निर्वाचन हो । सामाजिक संस्थाको रुपमा यसलाई धारणा गरेर निर्वाचनमा जाँदैछु । बहुदलीय व्यवस्थामा राजनीतिक गठबन्धन हुनसक्छ । राजनीतिक दलका नेताहरुले पनि यसलाई महत्वपूर्ण मान्नु भएको छ । यसमा कुनै विवाद छैन । यसरी गइरहँदा कुनै राजनीतिक दलले मेरो उम्मेद्वार यो भन्नु गैरप्रजातान्त्रिक कुरा हो । राजनीतिक दलले समर्थन गर्नु आफ्नो ठाउँमा छ, तर उद्योग वाणिज्य सङ्घमा सामाजिक सङ्घसंस्थामा मेरो उम्मेद्वार यो भन्नु, किटान गर्नु, गैरप्रजातान्त्रिक हो भन्ने लाग्छ मलाई ।

अन्त्यमा आफ्ना मतदाता, शुभचिन्तक र कनकाई नगरवासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
–उद्योग वाणिज्य सङ्घको चुनावी दौरानमा मैले मेरा योजनाहरु, एजेण्डाहरु र धारणाहरु सार्वजनिक गरिसकेको छु । यी हाम्रा भिजनहरु पूरा गर्न कनकाई नगर क्षेत्रका व्यापार व्यवसायीहरुले मत दिएर एक कार्यकालका लागि हामीलाई जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ । सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदी बहिनीहरुमा व्यावसायिक हकहितका लागि लड्ने अवसर प्रदान गर्न मलाई विजयी गराउनु हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । जय र पराजय चुनावी प्रव्रिmयासम्म मात्र हुन्छ । चुनावी प्रव्रिmया सम्पन्न भएपछि हामी सबै कनकाई नगरकै बासिन्दा हौँ, एकअर्काको दाजुभाई हौँ, हामी एक हौँ, हाम्रो परिवार यही हो । स्वस्थ्य प्रजातान्त्रिक प्रव्रिmयाबाट नेतृत्व चयन गर्दैछौँ । हामी सबैलाई समेटेर अगाडि बढ्छौँ । मतभेद हुने छैन । हामी कनकाई नगरको विकासका लागि एक ढिक्का भएर अगाडि बढ्छौँ । त्यसैले यही एकताका लागि सहमतिका लागि हाम्रो प्यानललाई विजयी गराउनु हुन अनुरोध छ ।

प्रस्तुति ः झुलन रेग्मी र अशोक अधिकारी
(२०७३ साउन १३ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: