व्याजमा राहत, बैठक भत्ता कटौती

  प्रकाशित मिति
१२ बैशाख २०७७, शुक्रबार १२:०४


विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंकले सञ्चालक समितिका पदाधिकारीहरुले बैठक वापत पाउँदै आएको भत्तामा आधा कटौती गरेको छ ।

बैंकको सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकले खर्च घटाउनका लागि भत्ता कटौतीको निर्णय गरेको हो ।

आगामी ६ महिनासम्मका लागि भत्ता कटौती हुने निर्णयमा उल्लेख छ ।

यसैगरी, वैठकले कोरोना महामारीको प्रभावलाई मध्यनजर गर्दै ऋणीहरुलाई व्याज रकममा राहत दिने निर्णय गरेको छ ।

२०७६ चैत महिनासम्ममा तिर्नु बुझाउनु पर्ने सबै प्रकारको कर्जाको तिर्न बाँकी रकम यही २०७७ वैशाख २० गतेसम्ममा बुझाएमा व्याज रकममा आधारदर भन्दा कम नहुने गरी १० प्रतिशतका दरले हुन आउने रकमले छुुट प्रदान गरिने बैंकले जनाएको छ ।

पुस मसान्त सम्मको आधारदर १० दशमलव ६४ भन्दा कम नहुने गरीको व्याजमा १० प्रतिशत ऋणीलाई छुट दिइने कर्जा शाखाका व्यवस्थापन प्रमुख शिव गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: