व्याज, किस्ता नतिरे धितो लिलामी गर्ने बैंकको धम्की

  प्रकाशित मिति
२९ जेष्ठ २०७७, बिहीबार १३:२४


झापा । निजी बैंक तथा वित्तीय संस्थाहरुले सरकारको निर्देशन विपरित ऋण कारोवारी सदस्यहरुलाई छिटोभन्दा छिटो ऋण नतिरे धितो लिलाम गर्ने धम्की दिन थालेको गुनासो बढेको छ ।

झापा सदरमुकाम भद्रपुर–चन्द्रगढीमा सञ्चालित अधिकांश निजी बैंक तथा बित्तीय संस्थाहरुले ऋण कारोवार गर्ने सदस्यहरुलाई तिर्नु पर्ने मासिक व्याज, किस्ता नतिरे धितो लिलामी प्रकृयामा जाने धम्की दिन थालेको स्थानीय ऋण कारोवारीले गुनासो गर्न थालेका हुन् ।

व्यवसायिक कर्जा लिएका सयौं व्यक्तिहरुको व्यवसायिक कारोवार बन्द भएपछि चैत यता बैंक तथा वित्तीय संस्थाहरुको किस्ता र व्याज तिर्न नसकेपछि फोन तथा म्यासेज पठाएर ऋण तिर्न दावव दिन थालेका छन् ।

सरकारले बन्दाबन्दीको समय अवधिभर वित्तीय संस्थासित ऋण कारोवार गर्ने ऋणी व्यक्तिहरुको ऋण र किस्ता तिर्न समय दिनु पर्ने, हर्जना शुल्क लिनु नहुने निर्देशन जारी गरेको भए पनि नाफामुलक उद्देश्यबाट सञ्चालित निजी बैंक तथा वित्तीय संस्थाहरुले सरकारी निर्देशनको पालना गरिरहेका छैनन् ।

बन्दाबन्दीको अवधिमा पनि मासिक व्याज तथा किस्ता तिर्न ढिला हुने ऋणी सदस्यबाट हर्जना असुल्ने गरेको गुनासो आउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: