गणतन्त्र दिवसमा सहिद पितालाई सम्मान

  प्रकाशित मिति
१५ जेष्ठ २०७४, सोमबार १५:२५


भद्रपुर । ‘गणतन्त्र दिवस–२०७४’ को शुभअवसरमा जिल्ला समन्वय समिति झापाले सोमबार यहाँ एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ ।

कार्यक्रमको प्रारम्भमा झापाको चन्द्रगढीस्थित लेखनाथ चोकबाट निस्किएको प्रभातफेरी नगरको परिक्रमापछि मेची रङ्गशालाको कभर्ड हलमा पुगेर सभामा परिणत भयो ।

प्रभातफेरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, कार्यालय प्रमुख, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, ब्रह्मकुमारी राजयोग सेवाका बहिनी, नेपाल स्काउट छात्रछात्राको सहभागिता थियो ।

कार्यक्रममा ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को झापाको चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा मारिएका सहिद सुरज विश्वास र राजन गिरीको बुबा क्रमशः शान्ति विश्वास एवम् केदारशम्शेर गिरीलाई सांसद जितु गौतमले दोसल्ला ओढाएर सम्मान गरे ।

सो अवसरमा उनले गणतन्त्रलाई सुदृढ एवम् संस्थागत विकास गर्न राजनीतिक दल एवम् जनता एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गणतन्त्रको मूल मर्मलाई जनताको घरदैलोसम्म पु¥याउन राष्ट्रसेवक कर्मचारी पनि तयार रहेको कुरामा जोड दिए ।
जिल्ला समन्वय समिति, झापाको स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति राम कट्टेल र सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले पनि बोलेका थिए ।

सोही अवसरमा आयोजित डब्बलतर्फ ब्याडमिन्टन प्रतियोगिताका विजयी टिम प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई रु १० हजार राशिको प्रथम पुरस्कार पनि वितरण गरियो भने सो पुरस्कार प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले चन्द्र ब्याडमिन्टन क्लब सवल एवम् सुदृढ गर्न क्लबका अध्यक्ष दीपेश ढकाललाई हस्तान्तरण गरे ।

ब्याडमिन्टन उपविजेता सशस्त्र प्रहरीका नायब उपरीक्षक नवीन राईलाई प्रदान गरियो । पुरस्कारको राशि रु छ हजार छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: