व्याडमिन्टन प्रतियोगिता शुरु

  प्रकाशित मिति
२४ फाल्गुन २०७६, शनिबार १९:५६


बिर्तामोड । बिर्तामोडमा शनिबारदेखि झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिता २०७६ शुरु भएको छ ।

स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित शुरु भएको प्रतियोगितामा २४ वटा टिमले भाग लिएका छन् ।
लायन्स क्लव अफ अनारमनीको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको उद्घाटन लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान एरिया चिफ लीला चिमरियाले गरेका छन् ।

लायन्स क्लब अफ अनारमनीका अध्यक्ष शैलेन्द्रकुमार कुरुङ्वाङ्गको सभापतित्वमा भएको उद्घाटन सत्रमा खुल्ला डबल र खुल्ला भेट्रानमा २४ टिमले प्रतिष्पर्धा गर्नेछन् ।

आइतवार क्वाटर र सेमी फाइनलका खेल हुने बताइएको छ । व्याडमिन्टन खेलाडी उत्पादन गर्ने, युवालाई दुव्र्यसनीबाट मुक्त राख्ने, व्याडमिन्टन खेलको प्रचार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कुरुङ्वाङ्गले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका अतिथिसमेत रहेका लायन्स क्लब एरिया चिफ चिमरियाले लायन्सले सामाजिक कामसँगै अन्य सकारात्मक काम पनि गर्दै आएको बताए ।

मानिसलाई स्वास्थ्य रहन खेलकुद महत्वपूर्ण रहने भएकाले यस खाले प्रतियोगिता हुन आवश्यक रहेको बिर्तामोड निवासी सञ्जीव घिमिरेको भनाई छ । फागुन २६ गते समापन हुने प्रतियोगिता बिर्ता व्याडमिन्टन क्लबको कवडहलमा भइरहेको छ ।

प्रतियोगिताका खुल्ला डवलका विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रो हुने टिमले ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै भेट्रान डवलका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा लायन्स मिनप्रकाश मैनाली, रविन्द्र भट्टराई लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: