भद्रपुर । कृषि मन्त्री हरिवोलप्रसाद गजुरेलले नेपाललाई कृषिमा पर निर्भरताबाट मुक्त गरी आत्मनिर्भर बनाउन सरकारले अभियान चलाएको बताएका छन् ।
कृषि यान्त्रीकरण अभियान अन्र्तगत आइतबार सम्पन्न धान रोप्ने उपकरण हस्तान्तरण कार्यव्रmमलाई सम्बोधन गर्दै मन्त्री गजुरेलले कृषि प्रधान नेपालले खाद्यन्नमा पर निर्भर हुनु विडम्वना रहेकाले सरकारले मल, बीउ र यान्त्रिक उपकरण सहयोग गरी कृषिमा परनिर्भरताबाट मुक्त गर्न अभियान थालेको बताएका हुन् ।
अधिकारको लडाईबाट देश विकासको चरणमा प्रवेश गरेको स्मरण गर्दै मन्त्री गजुरेलले कृषिको व्यावसायिक उन्नति विना नेपाली जनजीवनमा आर्थिक सम्बृद्धि प्राप्त नहुने बताए । उनले कुरा गरेर देश नबनिने भन्दै श्रम र पसिनामा विश्वास नगरेसम्म नेपालको आर्थिक विकास असम्भव रहेकोले युवा शक्ति कृषिमा लाग्नु पर्ने समेत उल्लेख गरे ।
कृषिमा निरन्तर सेवा गर्ने कृषकलाई पेन्सनको व्यवस्था गरिएको बताउँदै मन्त्री गजुरेलले नक्कली कृषक रोक्न कृषक बर्गीकरण कार्य थालिएको जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालय झापाको आयोजना तथा पहिलो पाइला कृषि सहकारी संस्था लिमिटेड भद्रपुरकोे संयोजनमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी खेमराज ओझा, संसद मोहन टुडु, क्षेत्रीय वाली विकास निर्देशक दिलराम भण्डारी लगायतले शुभकामना मन्तव्य राख्दै कृषिमा मान्त्रीकरणले लागत घाटा घटेर उत्पादकत्व बृद्धि हुने धारण राखेका थिए ।
जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सेनाले औचित्यमाथि प्रकाश पारेको कार्यव्रmमको अध्यक्षता सनिप भुजेलको रहेको थियो ।