सबैको साझा बनोस दशैं

  प्रकाशित मिति
२१ आश्विन २०७३, शुक्रबार १७:२१


dashain-ko-tika

हामी नेपालीहरmको महान् चाड विजयादशमीको पूर्व सन्ध्यामा आइपुगेकाछौँ । नव दुर्गा भवानीले महिषाशुरको मर्दन गरेर समाजमा शान्ति र समुन्नतिको प्रतिस्थापन गरिएको स्मृतिमा चण्डीपाठ गरेर विजया दशमीको महत्व राखेको बताइन्छ भने यस समयमा मालश्री पनि बजाइन्छ ।

मालश्री धूनसँगै मातृशक्तिको उपासनामा लागेर सुख, शान्ति र समृद्धिको कामनाका साथ आश्विन शुक्ल प्रतिपदाका दिन घर–घरमा घटस्थापना गरेपछि प्रारम्भ हुने नवरात्रमा हाम्रा शक्तिपीठहरmमा विशेष पूजाआर्चना गर्नमा हामी श्रद्धासाथ जुटेका हुन्छौँ । शक्तिपीठहरmमा बलि चढाउन पङ्क्तिबद्ध हुन्छौँ । नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन अर्थात दसौँ दिन समाप्त हुने भएकाले यस पर्वलाई सामूहिकरmपले व्यावहारिक भाषामा दशैँ भन्ने गरिएको तथ्य पनि स्मरण्ीय नै छ ।

मर्यादापुरmषोत्तम् भगवान रामचन्द्रले आसुरी प्रवृत्तिको प्रतीक रावणको बध गरेर शान्ति स्थापना गरेको रामायण पनि पाठ गरिँदैछ, यसबेला । यसको पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने गरिन्छ । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतिकात्मकरmपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ । दोस्रो दिन ब्रह्मचारिणी शक्तिको उपासना हुन्छ । यो मेघा शक्तिको प्रतिनिधि स्वरmप हुन्छ । तेस्रो दिन चन्द्र घण्टा शक्तिको उपासना हुन्छ । यसलाई आकाश तत्वको प्रतीकको रmपमा लिइन्छ । चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । यो वनस्पति जगत्को प्रतिनिधि हो । पाँचौँ दिन स्कन्दमाता शक्तिको उपासना हुन्छ । यसलाई वनस्पति जगत्को पनि अधिस्ठात्री शक्ति भन्ने बुझिन्छ । छैटौँ दिन कात्यायनी शक्तिलाई विद्या तत्व र सातौँ दिन कलरात्रिलाई अज्ञान, अन्धकार र मोह नाशक शक्तिको रmपमा लिने गरिन्छ । आठौँ दिन महागौरीलाई बुद्धि तत्व र नवौँ दिन सिद्धिदात्री शक्तिलाई गरिएको कामलाई सफल बनाउने शक्ति प्रतीकका रmपमा पूजा गर्ने गरिन्छ ।

नवीन उत्साह, उमङ्ग, हर्ष र उल्लासमय चाडबाडको ढाकर बोकेर आउने ऋतुरानी शरदको उपहार दशैँ हाम्रा घरआँगनमा मुस्कुराउन थालेको छ । बर्षाको झरी, बादल, भेल, हिलो अन्त्य भएर आउने महान् चाड दशैँले मानव मनका दुःख, दर्द, वैरभाव, क्लेष र शत्रुतालाई पनि बढारेर मेलमिलापका भाव पैदा गराउँछ ।

अस्थिरता, द्वन्द र अस्तव्यस्तले ग्रस्त नेपाली जीवनका केही अन्तरआत्ममा रावण प्रवृत्तिले बास गरेर यहाँको परम्परागत शान्ति र सौहार्दताको बिनास गर्न लागिपरेका छन् । धेरै भयो गाउँमा सिमल पनि नफूलेका, हाडफोर खुल्ला आकाशमा नडुलेका तर अब सिमल फूल्नु पर्छ । बाटो कहीँ–कतै साँघुरो भए फराकिलो पार्ने तथा कमजोर भए सबल बनाउने जिम्मेबारी पनि अब हाम्रै काँधमा आएको छ । हामी नेपालीले आफूभित्र हुर्किदै गरेको रावण प्रवृत्तिको समन गर्नुपर्ने बेला पनि भएको छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक गरिमा बोकेको र शरद् ऋतुको सौन्दर्य झल्किएको बडादशैँ धार्मिक चाडमात्र नभई सांस्कृतिक एकता र राष्ट्रिय मेलमिलापको अवसर पनि हो ।

यति मात्र होइन मानो खाएर मुरी उब्जाउने काममा बर्षा ऋतु विताएका हामीहरु लहलहाउँदा धानका बाला देख्दा, मीठो खान चाहन्छौँ । धानखेतीको हिलो–मैलोले तारतार भइसकेका लुगाले आसन्न हेमन्त धन्न सकिँदैन भन्ने यथार्थलाई बुझ्दै हामीहरm वार्षिक लुगाफाटाको जोडजाम पनि यही मेसोमा गर्न गरिरहेकाछौँ । दुःख पोखे घट्छ, खुसी बाँडे बढ्छ । त्यसैले दशैँ मीठो खाने राम्रो लगाउने मौसमसँग मिलेर रमाइलो गर्ने अवसर पनि बन्ने गरेकोछ ।

हुनत यस महान् चाडले अध्याँरोबाट उज्यालोतिर, दुःखबाट सुखतिर डोह¥याए पनि एकातिर हिजो आज हाम्रा परम्परागत चाडपर्वले सामाजिक विकृतिहरmलाई पनि सँगसँगै भित्र्याउन लागेको प्रतीक हुन्छ । अर्कातिर वर्षभरि खेतवारीमा कामगरेर थिलथिल भएको शरीरले पिङका चचहैबाट खेतका फाँटमा धानका बाला झुलेका देख्दा कति आनन्द आउला ! यसैबेला घरव्यवहार, नाम, दाम र कामले विभिन्न स्थानमा छुट्टिएर रहेका परिवारका सदस्यहरmको मिलनले ल्याएको सुखानुभूतिको कुनै मापन हँुदैन । हामी बाँच्नुको अर्थमा सुख, शान्ति र समृद्धिको चाहना सदैव गरिरहेकै हुन्छौँ । मानव विकास सँगसँगै जीवन बाँच्ने र जीवन भोग्ने शैलीमा पनि समयसँग जोडिएर नवीन खोज गरिरहेकै हुन्छौँ । तर समय अफ्ठ्यारो भयो । शान्ति र विकास त अब पहिलो प्राथमिकतामा रहेनन् ।

नयाँ नेपाल निर्माणको सङ्कल्पसँगै हाम्रा सामाजिक–सांस्कृतिक मान्यताहरm पनि बदलिन थालेका छन् । अब हरेक कामकुरामा जातीय, धार्मिक, लैङ्गिक र वर्गीय आवाजहरm जोडिन थालेका छन् । कतै धर्मको नाममा द्वन्द्व बढेका छन् त कतै क्षेत्रीयताको नारामा बितण्डा सुरm भएकाछन् । यो विनिर्माण क्रमसँगै हिन्दुहरmको–पर्व दशैँ हो भन्ने भनाइ पनि अझै उठ्ने गरेको पाइन्छ । तर यथार्थ भने यो भन्दा नितान्त भिन्न छ ।

हिन्दुहरm त विश्वका अन्य मुलुकहरmमा पनि पाउन सकिन्छ तर नेपालमा जसरी दशैँ पर्व मनाइन्छ त्यो परम्परा निसन्देह नेपालीहरmमा मात्र सीमित छ र जुनसुकै वर्ण सम्प्रदायका भए पनि सारा नेपाली मात्रले नै यस पर्वलाई उत्तिकै श्रद्धापूर्वक मनाउँदै आएका छन् । त्यसैले समग्रमा नेपाली मात्रकै राष्ट्रिय पर्व हुन पुगेको छ तर अब के अझै पनि पुरातन शैलीमा जातीय र धार्मिक घेरामा मात्र दशैँ रहिरहला त ?

एउटै आन्दोलनका सहयात्री अहिले एउटै नाउमा बस्न नसक्ने स्थितिमा पुग्नु जस्तो आश्चर्यजनक कुरा अरm के नै हुनसक्छ र ? आन्दोलन गर्न सक्ने तर सहमति र सहकार्य गर्न नसक्ने अप्ठेरोपनकै कारण मुलुकमा लोकतन्त्रको विकास हुन नसकेको हो । अब देशले जित्दा हामी जित्छौँ र देशले हार्दा हामी हार्छौं भन्ने कुरालाई सबैले मनन् गर्नु पर्छ ।

मानवीय प्रवृत्तिबीचको अनुपात खलबलिएका बेला मात्र पो युद्ध लडिन्छ । सुनको लङ्काले रावणको दम्भ बढायो, राक्षस वंशको विनास निम्त्यायो । दलहरmको कुर्सी मोहबाट उत्पन्न जोखिम कम गर्नका लागि दिगो शान्ति र विकासका संरचनाहरm बनाउँदै लगे मात्र समन्वयवादी राजनीति विकसित हुने परिस्थिति बन्न सक्छ ।

केही दशकअघि मुलुकमा धमिलिएको राजनीतिक वातावरण विस्तारै सङ्लिदै गएको हुँदा गाँउबाट सहर पसेकाहरm घर फर्कन हिच्किचाउन पर्ने अवस्थाको अन्त्य हुँदै गएको छ । पुनः मुलुकमा लागेको अनिष्ट हुस्सु–कुहिरो हटेर जाने क्रम बढ्दै गएको छ, यो राम्रो कुरा हो । बिथोलिएको स्थिति सुधार गर्न टुमौटे नभई सबै क्षेत्र, सबै तह र तप्काबाट छाती खुल्ला गरेर योगदान हुनसक्यो भने यो बुद्धभूमिबाट भोलिका दिनमा प्रकाशपुञ्ज बनेर शान्तिका स्वर्णिम किरण युद्धग्रस्त ठाउँसम्म छरिने कुरामा आशावादी हुन सकिन्छ ।

चाहना र कामनाले मात्र अब लक्ष्य प्राप्त गर्न गाह्रो देखिन्छ । यसका लागि हरेक नेतृत्वले, प्रत्येक नागरिकले आफैँ मानसिक क्रान्ति गरी सकारात्मक सोच विकास गर्नुपर्दछ । शक्तिलाई शक्ति लम्ब्याउनका लागि मात्र प्रयोग गरिनुहुँदैन । मानसिक मूल्य चुकाउन पनि तयार हुनुपर्दछ । त्यसैले यसका लागि जस–जसले, जे जस्तो प्रार्थना गर्नुपर्ने हो–गरौँ । जस–जसले, जे जस्तो मूल्य चुकाउनु पर्ने हो–चुकाऔँ ।

हाम्रा चाडपर्वका मिथकहरmबाट सम्पन्न गरिने कर्मले हामीमा अशान्ति र अभावरmपी शत्रुहरmमाथि विजय पाउने आँट र शक्तिको पुनर्जागरण गरmन्, नेपाल र नेपालीहरmमा दिगो विकास र लोकतन्त्रका लागि भइरहेका उत्साहप्रद प्रयास र अर्थपूर्ण निकासका लागि समस्त राजनीतिक दल, नागरिक समाज लगायत सर्वसाधरण हामी सबैमा आपसी शत्रुता र वैमनस्यतालाई त्यागेर सहयोग, सद्भाव र राष्ट्रियताको निम्ति लाग्ने प्रेरणा प्राप्त भए र कार्य सम्पन्न गरेमात्र हामीले यी चाडपर्व मनाउनुको वास्तविक सार्थकता रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: