विर्तामोड । जिल्ला फुटबल सङ्घको आयोजनामा जारी प्रथम झापा गोलकप प्रतियोगिताको फाइनल खेल शनिवार हुँदैछ । फाइनल खेलमा झापा ११ र त्रिभुवन नेपाल आर्मीबीच एक अर्कामा प्रतिस्पर्धा गर्दै छन् ।
फाइनल खेलको बारेमा जानकारी गराउन शुव्रmवार आयोजकले आयोजना गरेका पत्रकार सम्मेलनमा फाइनल खेलको तयारीका बारेमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै झापा ११ का प्रशिक्षक भगिरथ आले मामाले फाइनलको उपाधी झापाले जित्ने बताए । उनले होम ग्राउण्ड भएकाले दर्शकको समर्थनले गर्दा खेलाडीहरू उत्साहित भएर मैदान उत्रने बताए ।
यसैगरी नेपाल आर्मीका प्रशिक्षक चुनबहादुर थापाले जित आफ्नो पक्षमा रहेको बताए । राष्ट्रिय स्तरमा खेलेका अनुभवी खेलाडी भएकाले उत्साहपूर्वक मैदानमा रहेर उपाधी आफ्नो पक्षमा पर्ने कुरामा ढुक्क भएको उनले प्रतिव्रिmया दिए ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजकका अध्यक्ष होम पाण्डेले फाइनलका लागि सबै तयारी भएको बताए । उनले ८ हजार दर्शक बस्ने क्षमता भए पनि फाइनलका दिन ६ हजार टिकट मात्र विव्रmी गर्ने बताएका छन् ।