शरणामति गाविसका लेखापालको हत्या

  प्रकाशित मिति
५ आश्विन २०७३, बुधबार १३:४५


 

झापा, ५ असोज । शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ ।

शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

सडक किनारमा रिजालको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

निधारमा र खुट्टाको औँलामा निलो डाम देखिएकाले रिजालको कसैले हत्या गरेर सडक किनारमा फ्याँकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सुरुङ्गास्थित त्रिवेणी होटलमा गएराति अबेरसम्म साथीसँग बसेर रिजालले मादकपदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीसँगै मादकपदार्थ सेवन गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिए पनि उनको नाम भने खुलाउन चाहेको छैन । नियन्त्रणमा लिएका व्यक्ति शरणामतिकै भएको र उनलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: