शरणार्थीको कथा : ‘कुन हो मेरो देश’ ट्रेलर सार्वजनिक

  प्रकाशित मिति
२७ माघ २०७८, बिहीबार १३:४३


झापा, २७ माघ । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथाहरु छन् ।

दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो पारेर बसेका तिनै कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेपश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भइरहेका छन् ।

भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक गरिएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे, सबैकुरा दिए । तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन् ।

फ्याम्ली प्रोडक्सनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नै पर्ने हुन्छ । बीएम खालिङको खोज र लेखन रहेको वृत्तचित्रमा गायक एवम् सञ्चारकर्मी रविन शर्माको न्यारेशन रहेको छ ।

कमल राईको छायांकन र सम्पादन रहेको वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको छ । असल टिभ बकििब तख नामक युट्युव च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ । पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

यो भिडियो पनि हेर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: