शरणार्थीलाई स्थानीयकरण गर्न नहुने

  प्रकाशित मिति
९ कार्तिक २०७५, शुक्रबार १७:१२


दमक (रासस) । भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले शरणागत भुटानीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुने बताएको छ ।
शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराउन चर्चा भइरहेको बेला समितिले स्थानीयकरण उचित नभएको जनाएको हो । शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती मात्र एक मात्र उपयुक्त विकल्प भएको समितिको निष्कर्ष छ ।

समितिका अध्यक्ष डा भम्पा राईले २७ वर्ष लामो समयदेखि पूर्वमा बस्दै आएका भूटानी शरणार्थीलाई जबरजस्ती स्थानीयकरण गराउन खोजिदै गरेको आरोप लगाए । शरणार्थीलाई एकतर्फी रुपले नेपालमा समायोजन गरिनु उपयुक्त नहुने उनको भनाइ छ । उनले भने, ‘शरणार्थीलाई जबर्जस्ती स्थानीयकरण गराउन खोजिदैछ यो कदम उचित होइन ।’

शरणार्थीलाई स्थानीयकरण होइन, आत्मसम्मान र स्वाभिमानका लागि पनि भुटानको थातथलोमा स्थापित गराउनु आवश्यक भएको उनी बताउँछन् । नेपाली मूलका भूटानी शरणार्थीलाई स्थानीयकरण गराउने मामिला यहाँ बस्ने नेपालीका लागि समेत सामाजिक मुद्दाको विषय भएको डा राईको भनाइ थियो । उनले भने ‘शिविरका शरणार्थीलाई स्थानीयकरण गराउँदा त्यसले पु¥याउने असरका बारेमा यहाँका नेपाली गम्भीर हुनुपर्छ ।’

उनले शरणार्थी मामिलाका विषयमा नेपाल र भूटान सरकारबीच भएका सबैले उच्चस्तरीय वार्ता सम्मानजनक नभएको समेत टिप्पणी गरे ।

शरणार्थी समस्या सुल्झाउन १५ आँैं चरणसम्म द्विपक्षीय उच्चस्तरीय वार्ता भएको थियो । तर ती वार्ता निरर्थक मात्र होइन्, कुनै प्रतिवेदनसमेत सार्वजनिक नगरिकाएकाले सम्मानजनक नभएको उनको जिकिर थियो ।

उनले नेपाल सरकारले यस मामिलालाई प्रभावकारी उठान नगर्दा समेत शरणार्थी समस्या लम्बिन पुगेको गुनासो गर्छन् ।

भूटान राष्ट्र सङ्घको एक सदस्य राष्ट्र भएकाले पनि राष्ट्र सङ्घमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई घर लैजान दबाब दिनुपर्ने उनको भनाइ थियो ।
पूर्वको झापा र मोरङका दुईवटा शिविरमा भुटानी शरणार्थी बस्दै आएका छन् । अहिले ती शरणार्थीको सङ्ख्या छ हजारको हाराहारीमा सीमित हुन पुगेको छ । अन्तर्राष्ट्रिय दातृ निकायको पहलमा एक लाख छ हजार बढी शरणार्थी विभिन्न तेस्रो मुलुक पुर्नावास भइसकेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: