देवेन्द्र खरेल
धुलाबारी, १० असोज । प्रेस क्लव मेचीनगरले शनिवार दुई जना पत्रकारलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा अग्रज पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । शर्मालाई रु. ११ हजार १११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र घिमिरेलाई रु. पाँच हजार ५५५ नगदसहित मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
उनीहरुलाई प्रेस क्लवको अधिवेशनको उद्घाटन सत्रमा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्मान गरेका हुन् । कार्यक्रममा प्रदेश सभासदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्रमुख जिल्ला अधिकारी श्रवण तिम्सिना, प्रज्ञा सभासदस्य सुभद्रा भट्टराईलगायतको उपस्थिति रहेको थियो ।