शहिद याम आचार्यको शालिक शिलान्यास

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार १२:५५


Narendra Bikram Nembang

शान्तिनगर । शान्तिनगर ६ सुनमाईमा १५ बर्ष अघि हत्या गरिएका शहिद याम आचार्यको शालिकको सोमबार शिलान्यास गरिएको छ ।

शहीद याम आचार्य प्रतिष्ठानले तत्कालिन माओबादी द्वन्द्वका बेला हत्या गरिएका नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधी याम आचार्यको शालिकको शिलान्यास गरेको हो । शालिकको शिलान्यास पूर्ब कानुन मन्त्री तथा सांसद नरेन्द्र बिव्रmम नेम्बाङले गरेका थिए ।

स्थानीय पद्मा आचार्यको १० धुर जग्गा आचार्य परिवारले खरिद गरी शालिक निर्माण गर्न लागिएको हो । जिल्ला बिकास समिति झापाले शालिक निर्माणका लागि १ लाख रुपयाँ र शहिद याम आचार्य प्रतिष्ठानका अध्यक्ष बिमल आचार्यले १ लाख ७५ हजार उपलब्ध गराएका छन् । अहिले शालीक परिसरमा घेराबारा सम्पन्न भएको प्रतिष्ठानका सचिब राजु आचार्यले जानकारी दिए ।

याम आचार्यको हत्या भए कै दिन श्रावण ७ गते शालिक अनावरण गरिने प्रतिष्ठानको तयारी रहेको छ । शालिकसँगै सो स्थानमा कार्यालय, पुस्तकालय, सङ्ग्राहालय, फुलबारी बनाउने योजना रहेको प्रतिष्ठानका अध्यक्ष बिमल आचार्यले बताए ।
सो कार्य सम्पन्न गर्न मोटो रकम आवश्यक पर्ने हुदाँ सांसद बिकास कोष, क्षेत्र बिकास कोष, जिबिस लगायतमा पहल गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष बिमल आचार्यको सभापतित्वमा भएको कार्यव्रmममा नेपाली काँङ्ग्रेस केन्द्रीय सदस्य तथा युवा नेता बिश्वप्रकास शर्मा, पूर्व जिल्ला उपसभापति देउमान थेबे, तरुण दलका केन्द्रीय सदस्य मदन बुढाथोकी, क्षेत्रीय सभापति मणि उप्रेती, महादिवेशन प्रतिनिधि भरत सुब्बा, दुर्गा खतिवडा, जिल्ला सदस्य सुदश पनेरु, शिक्षक युनियनका जिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, मेचीनगर सभापति इन्द्र बुढाथोकी लगायतले शहिद याम आचर्यको योगदान बारे चर्चा गरेका थिए । नेपाली काँङ्ग्रेस शान्तिनगरका सभापति चक्र शेर्माले स्वागत गरेको कार्यव्रmमको सञ्चालन चेतन ढुङ्गेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: