शहीद पिता शान्ति विश्वासको निधन

  प्रकाशित मिति
६ कार्तिक २०७४, सोमबार ०९:५७


22687595_525091214494340_6106304969379116338_n

भद्रपुर । शहीद पिता शान्ति विश्वासको उपचारको क्रममा आइतवार निधन भएको छ ।
भद्रपुर–६ निवासी शान्ति विश्वासको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा उपचारको क्रममा निधन भएको हो ।

केही महिनादेखि मुटु रोगले ग्रसित भई घरमै थला परेका ६० वर्षीय विश्वासको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनका परिवारले शनिबार बेलुका उपचारका लागि बीएन्डसी हस्पिटल लगेका थिए ।
बीएन्डसीमा मुटु रोग हेर्ने चिकित्सक नभएपछि उनलाई थप उपचार लागि शनिबार राति नै उनलाई धरान रेफर गरिएको थियो । उनको मुटुसहित किड्नीले समेत काम गर्न छाडेको थियो भने प्रेसर अति न्यून भएको थियो ।

धरानमा आइसीयु कक्ष खाली नहुँदा थप उपचारमा ढिलाई भएको थियो । उनको आकस्मिक कक्षमै उपचारको क्रममा आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा निधन भएको भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

नगरप्रमुख श्रेष्ठले शहीद पिताको उपचारका लागि आइसीयु ऊलब्ध गराउन वीपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार तुलबहादुर श्रेष्ठलाई उनकै कार्यकक्षमा भेटेर विशेष आग्रह समेत गरेका थिए । तर आइसीयु नपाएकै अवस्थामा उनको निधन भयो ।

स्व. शान्ति विश्वासको शव भद्रपुर ल्याएर आइतवार नै मेची नदीमा दाहसंस्कार गरिएको छ । शवयात्रामा नगरप्रमुख श्रेष्ठ लगायत हजारौँको उपस्थिति रहेको थियो ।

दोस्रो जनान्दोलनका क्रममा उनका छोरा सुरज विश्वास सुरक्षाकर्मीको गोली लागेर सहिद भएका थिए । शान्ति विश्वासलाई सर्वसाधारण समेतले शहीद पिता भनेर सम्मानपूर्वक सम्बोधन गर्दथे ।
शान्ति विश्वासका दुई छोरामध्ये अब सञ्जय विश्वास मात्र छन् । उनको पत्नी अर्थात शहीद माता मीनु विश्वास रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: