शान्तिनगर । शान्तिनगर गाउँ विकास समितिले आर्थिक बर्ष २०७३÷०७४ को अनुमानित बजेट तथा नीति कार्यव्रmम सार्वजनिक गरेको छ ।
आइतबार गाविस परिसरमा आयोजित कार्यव्रmममा गाविस सचिव भूमिप्रसाद निरौलाले २३ औँ गाउँ परिषद्बाट पारित ७३ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित नीति तथा बजेट सार्वजनिक गरेका हुन् ।
बजेट अन्तर्गत पूँजीगततर्फ ५० लाख ८० हजार र चालू खर्चतर्फ २२ लाख ४३ हजार रहेको छ । वडा भेलाबाट आएका विकास निर्माणका योजनालाई प्राथमिकताको आधारमा समाबेश गरिएको गाबिस सचिव निरौलाले बताए ।
कार्यव्रmममा जिल्ला बिकास समिति झापाका शाखा अधिकृत केशब मैनालीको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस शान्तिनगर गाउँ सभापति चव्रm शेर्माको विशेष आतिथ्यता रहेको थियो ।
कार्यव्रmममा नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष फौदराज शेर्मा, एकीकृत माओबादीका गाउँ अध्यक्ष खगेन्द्र दाहाल, सङ्घीय लिम्बुवान पार्टी नेपालका गाउँ अध्यक्ष बुद्धबिर गुरुङ, धाइजन गाबिसका सचिब सुदर्शन बराल, बर्ने सुनमाई स्वच्छ खानेपानी उपभोक्ता समितिका अध्यक्ष निरकुमार सुबेदी, शिक्षासेवी माधब खतिवडा, शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख दिपक सापकोटा लगायतले बजेट माथि आआफ्नो धारणा राखेका थिए ।
गाविस सचिव भूमिप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यव्रmमको स्वागत खड्गबहादुर सुबेदीले गरेका थिए भने सञ्चालन गाविसका खरिदार कुलचन्द्र दाहालले गरेका थिए ।