खुल्ला दिशामुक्त गाविस बन्ने अभियानमा शान्तिनगर

  प्रकाशित मिति
७ भाद्र २०७३, मंगलवार १२:०६


charpi
शान्तिनगर । पटक पटक खुल्ला दिशामुक्त गाबिस बनाउने मिति सर्दै आएको शान्तिनगर गाबिस मङ्सीर मसान्तसम्म खुल्ला दिशामुक्त गाबिस हुने अभियानमा जुटेको छ । गाबिसले २०७२ साल माग १ गते देखि शौचालय कार्ड अनिबार्य गरे पछि स्थानीयले धमाधम शौचालय बनाउन थालेका छन् ।

नागरिकताको सिफारिस, जन्मदर्ता, बिवाह दर्ता, बसाईसराई तथा गाबिसबाट पाउने सेवा सुबिधा कटौती गरेपछि ७० प्रतिशत नागरिकले शौचालय बनाएको गाबिस सचिब भूमिप्रसाद निरौलाले जानकारी दिए ।

हालसम्म ९० प्रतिशत स्थानीयको घरमा मापदण्डयुक्त शौचालय निर्माण भइसकेको गाबिसले जनाएको छ । २०६८ सालको जनगणना अनुसार शान्तिनगरको जनसङ्ख्या १८ हजार ६ सय ४२ रहेको छ भने ४ हजार २ सय २८ धरधुरी रहेको छ ।

तर, गाबिसको अनुगमन टोलीले निकालेको तथ्याङ्क अनुसार शान्तिगर गाबिसको जनसङ्ख्या १९ हजार ६ सय २५ र ४ हजार ४ सय ८७ घरधुरी रहेको गाबिसकी सामाजिक परिचालक चन्द्रकला खवासले बताइन । खावासका अनुसार, हालसम्म ३ हजार ९ सय १३ घरमा मापदण्डयुक्त शौचालय निर्माण भएका छन् । अब ५ सय ८९ घरमा शौचालय बन्न बाँकी छ । बन्ने व्रmम जारी छ ।

यस अघि पटकपटक सर्दै आएको यो अभियान मङ्सीर मसान्तसम्म सफल पार्ने अठोट गाबिसको छ । वडा नागरिक मन्च, गाबिसको प्रतिनिधी, सर्बदलीय प्रतिनिधि नागरिक वडामञ्चका संयोजक लगायतको टोलीले ९ वटै वडाका नागरिकको घरमा पुगी शौचालय बनेको वा नबनेको बारे जानकारी लिदै आएको छ ।

गाबिसले दिएको जानकारी अनुसार, वडा नम्बर १ मा २ हजार ४ सय ८७ धरधुरी मध्ये २ हजार २ सय ६० धरधुरीमा शौचालय बनेको छ भने २ सय २७ घरमा शौचालय बन्न बाँकी छ । वडा नम्बर २ मा २ सय ९२ घरधुरीमा २ सय ५५ घरमा शौचालय बनेको छ भने ३७ घरमा शौचालय बन्न बाँकी छ । त्यस्तै वडा नम्बर ३ मा ३ सय ३४ घरधुरी मध्ये २ सय ४९ घरमा शौचालय बनेको छ भने ८५ घरमा शौचालय छैन् ।

त्यस्तै, वडा नम्बर ४ मा २ सय ५७ घरघुरी मध्ये २ सय घरमा पक्कि शौचालय बनेको छ भने ५७ घरमा शौचालय बन्न बाँकी छ । वडा नम्बर ५ मा २सय ६० घरधुरी मध्ये २ सय १५ घरमा शौचालय बनेको छ । ४५ घरमा शौचालय बन्न बाँकी छ ।

त्यस्तै, वडा नम्बर ६ मा ५ सय ३५ घर मध्ये ४ सय ७० घरमा शौचालय बनेको छ । ५५ घरमा शौचालय बन्न बाँकी छ । वडा नम्बर ७ मा १ सय १० घरधुरी मध्ये ७३ घरमा शौचालय छ भने ३७ घरमा शौचालय बन्न बाँकी छ । वडा नम्बर ८ मा ५० घरधुरी मध्ये सबैमा शौचालय बनेको छ । शान्तिनगर गाबिसको पहिलो खुल्ला दिशामुक्त वडा ८ नम्बर हो । त्यस्तै, वडा नम्बर ९ मा २ सय ३६ घर मध्ये २ सय घरमा शौचालय बनेको छ भने ३६ घरमा शौचालय बन्न बाँकी छ ।

शान्तिनगरलाई खुल्ला दिशामुक्त गाबिस बनाउने अभियानमा जुटेका स्थानीय राजनितिक दल, बिभिन्न सङ्घसंस्था, खानेपानी तथा अन्य सरोकारवालाहरुले बिभिन्न प्रचारात्मक काम गर्ने जनाएको छ । खुल्ला दिशा मुक्त घोषणा गरौ भन्ने सन्देश दिन बिभिन्न ठाउँमा प्रचार सामाग्री टाँस्ने, पत्रपत्रिकामा सन्देशमुलक सामाग्री छाप्ने, शौचालय बनाउन चेतनामुलक कार्यव्रmम गर्ने जनाएको छ ।

शान्तिनगर छैटौ खुला दिशामुक्त गाबिस बन्ने अभियानमा छ । यस अघि धाईजन, दुवागडी, खुदुनाबारी, जलथल र बुधबारे खुल्ला दिशामुक्त गाबिस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: