शासनमा महिलालाई पुर्याउन आग्रह

  प्रकाशित मिति
१९ माघ २०७३, बुधबार १२:५९


भद्रपुर । राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले महिलालाई आसन, भाषण र शासनको पहुँचमा पु¥याउन आयोग लागिरहेको बताएकी छन् ।

आयोगको आयोजना र महिला तथा बालबालिका कार्यालयको व्यवस्थापनमा मङ्गलवार आयोजित महिला अधिकार विषयक सार्वजनिक सुनवाई कार्यक्रममा उनले त्यस्तो धारणा राखेकी हुन् । नेपालको संविधानले पैतृक सम्पत्तिमा पनि महिलाको पहँुच पु¥याएको बताउँदै उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत र स्थानीय निर्वाचनमा ४० प्रतिशत निर्वाचित हुने व्यवस्था पनि संविधानले गरेको हुँदा सशक्तिकरणका लागि महिला आफै उठ्नु पर्ने बताइन् ।

सार्वजनिक सुनवाई कार्यक्रममा अधिकारकर्मी, महिला तथा पीडितहरुले आ–आफ्ना जिज्ञासा, प्रश्न र गुनासा राखेका थिए ।
आयोगले सेवाग्राहीका अगाडि जिल्लाका कार्यालयहरुले दिने सेवामा महिला अधिकारका दृष्टिले दिने सेवाका बारेमा कार्यालय प्रमुखहरुलाई बोल्न लगाएको थियो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, झापाका प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, जिल्ला शिक्षा कार्यालयका उपसचिव उद्धव विष्ट, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गोपाल लिम्बू, मालपोत कार्यालयका अधिकृत पदम कट्टेल, महिला तथा बाल बालिका कार्यालयका महिला विकास अधिकृत समीक्षा निरौला, जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेललगायतले आ–आफ्ना कार्यालयले महिला अधिकारका दृष्टिले दिने सेवाका बारेमा प्रकाश पारेका थिए ।
आयोगकी कार्यवाहक अध्यक्ष घिमिरेको अध्यक्षतामा आयोगकी उपसचिव सीता शर्मा अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने पत्रकार भीमा शिवाकोटीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: