शिकारीको गोली लागेर महिलाको मृत्यु

  प्रकाशित मिति
२८ मंसिर २०७३, मंगलवार १४:०१


भद्रपुर । जलथलस्थित रणकाली सामुदायिक वनमा सोमवार दिउँसो घाँस दाउरा खोज्न गएकी स्थानीय ३१ वर्षीया अनिता मेचेको अबैध शिकारीले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ ।

मृत्यु भएकी अनिताको देब्रे पाखुराको दुई ठाउँमा गोलीको छर्राले गहिरो चोट बनाएको थियो । गोली लागे लगत्तै उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटल पुर्याइएकोमा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको हस्प्टिलले जनाएको छ ।

प्रहरी उपरीक्षक शैलेश थापाले घरबाट नजिकै रहेको सामुदायिक वनमा अनितालाई दिउँसो २ बजेतिर गोली लागेको र उपचारका व्रmममा मृत्यु भएको खबर साढे ३ बजेतिर प्राप्त भएको जानकारी दिए ।

मृतकका काका सन्तलाल मेचेका अनुसार अनितासहित गाउँका चार जना महिला वनमा दाउरा खोज्न गएका थिए । त्यही बेला अबैध शिकारीले हानेको गोली लागेर अनिता ढलिन् । घटना भएको ठाउँबाट बन्दुक पड्किएको ठूलो आवाज गाउँसम्म सुनिएको थियो ।

अनितासँगै दाउरा खोज्न गएका अन्य ३ महिलाले शिकारीहरु चिन्न नसकिएको बताएका छन् । गोली लागेर अनिता ढलेपछि शिकारीहरु भागेको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको घर जलथल–३ मा रहेको छ । उनको नावालक २ छोरा छन् । उनका पति सुभाष मेचेले हस्पिटलमा उपचारका लागि ल्याएका थिए ।
मृत्युपछि मेची अञ्चल अस्पतालमा मृतकको पोस्टमार्टम जाँच गरिएको छ । साँझपख शब गाउँ लगिए पनि अन्त्येष्टि मङ्गलवार मात्र गरिने पारिवारिक स्रोतले जनाएको छ ।

घटनाको अनुसन्धान र गोली चलाउने शिकारीको खोजीका लागि टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक थापाले बताएका छन् ।

मृतकका आफन्तजनले गोली हान्ने व्यक्तिलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कार्वाही गर्न माग गरेका छन् । ‘हामीले एसपी र डीएसपी सावलाई भनेका छौँ’, मृतकका काका सन्तलाल मेचेले लोकतन्त्रपोस्टसँग भने–‘कसले गोली हानेको हो, चाँडो सत्यतथ्यसहित अपराधी पक्राउ गरियोस् ।’

प्रहरी उपरीक्षक थापाले मृतकलाई गोलीको छर्रा लागेको पाइएको उल्लेख गर्दै गोली हान्नेको खोजी तीब्रताका साथ भइरहेको बताए ।
(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर २८ गते प्रकाशित)
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: