शिकोप निकेतनमा बालबालिकाको आँखा जाँच

  प्रकाशित मिति
१ आश्विन २०७९, शनिबार १९:४२


बिर्तामोड, १ असोज । शिक्षा शिकोप निकेतनले बाल बालिकाहरुकोे आँखा जाँच गराएको छ ।
शुक्रवार शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा निकेतनले बालबालिकाको आँखा जाँच गराएको हो ।

शिक्षा शिकोप निकेतनकी प्रिन्सिपल रेश्मा घिमिरेका अनुसार ४८ जना बालबालिकाको आँखा जाँच गरिएको छ । जाँच गरिएकामध्ये दुई जना बालबालिकाको आँखामा समस्या देखिएको प्रिन्सिपल घिमिरेले बताइन् ।

बालबालिकामा आँखाको संक्रमण हुन सक्ने र समयमा पहिचान गर्न सके थप जोखिम नहुने भएकाले परीक्षण व्यवस्थापन मिलाइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

दृष्टि आँखा अस्पतालका तर्फबाट नेत्ररोग विशेषज्ञ अजितकुमार ठाकुर र रीना फियाकले बालबालिकाको आँखा परीक्षण गरेका हुन् ।

डा.ठाकुरका अनुसार मोवाइल अत्याधिक हेर्ने बालबालिकामा आँखाको समस्या धेरै देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: