शिक्षकले दिए २ लाख ८२ हजार सहयोग

  प्रकाशित मिति
२१ बैशाख २०७७, आईतवार १४:४९


अर्जुनधारा । समुदायिक विद्यालय अर्जुनधाराले नेपाल शिक्षक महासंघ मार्फत अर्जुनधारा नगरपालिकालाई प्रकोप व्यवस्थापन कोषमा दुई लाख बयासी हजार सात सय बयानब्बे रुपैयाँ हस्तान्तरण गरेको छ ।

नगरमा रहेको २८ वटा सामुदायिक विद्यालयका शिक्षक, बालबिकास शिक्षक र कर्मचारीहरुले एक दिन बराबरको तलब संकलन गरि प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तललाई सामाजिक दुरि कायम राख्दै उनको कार्यकक्षमा महासंघका अध्यक्ष पुन्यप्रसाद सुवेदी र सचिव पदमप्रसाद खनालले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रधानाध्यापक इन्द्रप्रसाद उप्रेती, कृष्ण भट्टराई, मनकुमार लिम्बू, लोकनाथ दाहाल, रन्जित परियार, टंक न्यौपाने, कर्मचारी रुद्रप्रसाद पौडेल, टंंक आचार्य, सदस्य देबिप्रसाद गौतम लगायतको उपस्तिथि रहेको थियो ।

कोरोना भाइरसको महामारीमा शिक्षा छेत्रमा कार्यरत शिक्षकबर्गबाट सराहनीय सहयोगका लागि प्रमुख प्रशासकीय अधिकृत भुर्तेल, नगर प्रमुख हरिकुमार राना लगायतले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: