विर्तामोड । शिक्षकहरूको पेशागत सहकारी संस्था ‘शिक्षक मैत्री बचत तथा ऋण सहकारी संस्था’को अध्यक्षमा तिलक सिंह पाण्डे सर्वसम्मत चयन भएका छन् ।
संस्थाको शनिवार विर्तामोडमा सम्पन्न प्रारम्भिक साधारण सभाले आगामी तीन बर्षे कार्यकालका लागि अध्यक्षमा पाण्डेलाई चयन गरेको हो । सभाले १३ सदस्यीय सञ्चालक समिति तथा लेखा समितिको समेत गठन गरेको छ ।
यो संस्थामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू सदस्य बन्न पाउँछन् । झापा जिल्लाभर कार्य क्षेत्र रहने गरी गत असार ८ गते डिभिजन सहकारी कार्यालय झापामा सहकारीको दर्ता भएको थियो ।
नव गठित सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश भण्डारी, सचिवमा लेखनाथ (केशव) पौडेल, कोषाध्यक्षमा महेन्द्र विलास लुइँटेल र सह सचिवमा भक्ता खतिवडा चयन भएका छन् भने सदस्यमा अर्जुन खनाल, युवराज ढकाल, पङ्कजकुमार घोष, राधा केसी, जगन्नाथ राजवंशी, रुद्र धमला, ठाकुरहरि पोखरेल र शर्मिष्ठा नेपाल रहेका छन् ।
त्यस्तै, लेखा समितिको संयोजकमा रुपक दाहाल, सदस्यमा धनराज भण्डारी र कैलाश पोखरेल चयन भएका छन् । संस्थाको सल्लाहकारमा नेत्रप्रसाद खरेल, तेजप्रसाद चौलागाईं, सरस्वती सिटौला, बावुराम भण्डारी, चित्रकला ओली, लेखनाथ भट्टराई र तोयानाथ दाहाल रहेका छन् ।
साधारण सभामा नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौँलागाईं, शिक्षक सङ्घ झापाका अध्यक्ष नेत्र खरेल, शिक्षक सङ्घका केन्द्रीय सदस्य सरस्वती सिटौला, प्रकाश भण्डारी, चित्रकला ओली, कैलाश राई, रुपक दाहाल लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन लीलाप्रसाद भण्डारीले गरेका थिए ।