शिक्षक श्रेष्ठको हत्यारालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार १७:०५


भद्रपुर, २९ मंसिर । मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यारा खोजी गरी अविलम्ब कारवाही हुनु पर्ने माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाले जिल्ला प्रशासन कार्यालय झापामार्फत ४ सूत्रीय मागसहित ज्ञापन पत्र बुझाएको छ ।

उत्तरी मोरङको मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठको हत्यामा संलग्नलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै संगठनले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र पठाएको हो ।

संगठनका झापा जिल्ला अध्यक्ष कपिलदेव तिम्सिनाको नेतृत्वमा गएको शिक्षकको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्रमा शिक्षक श्रेष्ठका हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याइनु पर्ने, सहिद घोषणा गरिनु पर्ने, परिवारको भरण पोषणका लागि राज्य गम्भीर बन्नु पर्ने लगायतका माग समेटेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: