‘शिक्षाको स्वर्ग अस्ट्रेलिया’

  प्रकाशित मिति
२७ कार्तिक २०७३, शनिबार ११:४२


sanjiv

अस्ट्रेलियामा रहनु भएको कति वर्ष भयो ?
२० वर्ष भयो ।

के शिलाशिलामा अस्ट्रेलिया जानु भएको थियो ?
म पढ्नकै लागि अष्ट्रेलिया गएको हो । आइएससी सकेपछि आइटी पढ्नका लागि गएँ । किनभने त्यति बेला संसारमा भर्खरै मात्रै आइटीको सुरुवात भएको थियो । आइटीको क्रेज आएको र मेरो इच्छा पनि त्यही फिल्ड रहेकाले म अस्ट्रेलिया गएको थिए । तर, संयोगवश मैले आफ्नो करियर एकाउन्टेन्ट एन्ड फाइनान्स तिर लगें । पछि चाहिँ पोस्ट ग्य्राजुएट आप्रवासी कानूनमा गरेँ ।

कसरी जानु भयो अस्ट्रेलिया ?
त्यति बेला परामर्श पाउनै गाह्रो थियो । थोरै थिए कन्सलट्यान्सी पनि । त्यसै मध्येको एउटासँग समन्वय गरेर म अस्ट्रेलिया पुगेँ । एउटा सेमिनारमा जाँदा नै अस्ट्रेलियाका विषयमा धेरै जानकारी पाएँ । र, प्रोसेस सुरु भयो ।

अहिले चाहिँ के गर्दै हुुनुहुन्छ ?
–सुरुमा हामीले कठिनाई भोगेर धेरै कुरा सिक्यौँ । अस्ट्रेलियामा त्यतिबेला ५ सयको हाराहारीमा मात्रै नेपाली थिए । हामीले अरुलाई कठिनाई नहोस् भन्नका लागि नै कन्सलट्यान्सी अवधारणा ल्याएका हौँ । करियर काउन्सिलिङका सम्बन्धमा, गाइडेन्स सम्बन्धमा, भिसा सम्बन्धमा हामीले सेवा प्रदान गरिरहेका छौँ । सामाजिक कार्यमा पनि म सक्रिय रहेकाले मैले यो सहयोग त गरिरहेकै थिए । तर, मैले यसैलाई पेसाको रुपमा अघि बढाउने सोच आएरै काम सुरु भयो । धेरैले एप्रिसिएट गरेको पाएको छु मैले । सबै जना खुसी हुनुहुन्छ । हामीले गरेको सानो सहयोगले धेरैको जीवन पद्दति नै बदलिएको छ । त्यसैले यही क्षेत्रका बारेमा जानकारी हासिल गरेर करियर काउन्सिलिङ सुरु गरेको हुँ । सुरुवात चाहिँ बद्री अ¥याल र मैले गरेका हौँ । विस्तार गर्दै अहिले नेपाल र अस्ट्रेलियामा विभिन्न ठाउँमा पु¥याएका छौँ ।

२० वर्ष पहिले र अहिले अस्ट्रेलिया जाने प्रक्रियामा केही फरक छ ?
–अस्ट्रेलियाको कानून प्रत्येक वर्ष नै परिवर्तन भइरहेको हुन्छ । प्रक्रियाहरुमा चेन्ज आएको छ । कुन–कुन डकुमेन्ट आवश्यक हो भन्ने मात्रै हो । तर, जाने प्र्रक्रियामै चाहिँ त्यति धेरै परिवर्तन आएको छैन । कागजात कुन राख्ने कुन नराख्ने भन्ने मात्रै हो । त्यो बेला पनि सम्बन्धित निकायले हेर्न खोज्ने चाहिँ शैक्षिक स्थिति, आर्थिक स्थिति र अङ्ग्रेजी हेरिन्थ्यो । अहिले पनि त्यही छ । अहिले विश्वविद्यालयहरुले नै अलिकति कडाई गरेका छन् । पहिले चाहिँ परामर्श पाउनै गाह्रो थियो । अहिले सहज छ । इन्टरनेट सेवा उपलब्ध छ । अहिले इन्टरनेटबाटै सबै कुरा बुझेर जान सकिन्छ ।

किन जाने त अस्ट्रेलिया ?
– नेपालबाट अस्ट्रेलिया पढ्नकै लागि जाने हो । अलग किसिमको शिक्षा आर्जन गर्नका लागि नै जाने हो । अन्तरराष्ट्रियस्तरको शिक्षा आर्जन गर्ने अवसर पनि हो यो । दक्ष भएर आउनकै लागि नै हामीले अस्ट्रेलिया जाने हो । बाहिर गएर फरक आउटकम ल्याउछु भन्ने सोच राख्नेहरुका लागि नै अस्ट्रेलिया उत्तम विकल्प हो । त्यहाँ गएर पनि केही पृथक कार्य गर्न सकिँदैन भने जानु नै बेकार छ । त्यसैले समय, आफ्नो परिवार छोडेर अस्ट्रेलिया गएर पढ्छौँ त्यहाँबाट फर्किदा केही भिन्न हुनै पर्छ । त्यसैले उच्चस्तरको शिप सिकेर समाजमा अलग ढङ्गले आफ्नो कार्यमा स्थापित गराउन सफल हुने भएकाले नै अध्ययनका लागि अस्ट्रेलिया जाने हो ।

अध्ययनका लागि विदेश जान लागेका विद्यार्थीहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?
–यो सूचना र प्रविधिको युग हो । हामीले सबै जानकारी इन्टरनेटमार्फत प्राप्त गर्छौ । तर, त्यहाँ रहेका जानकारीहरुलाई हामीले ग्रहण गर्न सक्नु पर्यो । अनि धेरै कन्सलट्यान्सी पनि छन् । सबैसँग परामर्श गर्ने तर निर्णय आफूले गर्ने । हामीले आफूले गरेको निर्णयको दोष अरुलाई दिने होइन । आफ्नो करियर आफैले बनाउने हो । हामी कहाँ जाँदै छौं त्यहाँकै बारेमा फोकस गर्नु पर्छ । जुन विश्वविद्यालयमा गएपनि त्यहाँको बारेमा पूर्ण जानकारी लिनु पर्छ । कुन कोर्ष ठिक छ, त्यसको रोजगारीको आधार कस्तो छ ? यस्ता विषयमा सम्पूर्ण जानकारी दिएर मात्रै हामीले अध्ययनका लागि विदेश जानु पर्छ । अभिभावकको लगानी र आफ्नो मेहनत र समयको अधिकतम सदुपयोग हुनु पर्छ । विचार पुर्याउन सकेमा अस्ट्रेलिया अध्ययन गरेर उज्ज्वल भविश्य निर्माण गर्न सकिन्छ ।

अनि एक्सपर्ट चाहिँ किन रोज्ने ?
– हामीसँग अनुभवी टिम छ । हामीले यही क्षेत्रमा काम गरेको दुई दशक भइसक्यो । दक्ष परामर्शदाता सबै क्षेत्रमा हुनु हुन्छ । ज्ञानको तहमा, अनुभवको तहमा र विश्वासको तहमा उत्कृष्ट टिम निर्माण गरेका छौँ । हाम्रो कार्यालय यहाँदेखि अस्ट्रेलियासम्म छ । कुनै किसिमको सहयोगका लागि पनि हामी तयार छौँ । त्यसैले त्यो सम्पूर्ण विश्वासका आधारमा हामी तपाईहरुलाई अस्ट्रेलिया पठाउछौँ । हामी पारिवारिक सदस्यकै रुपमा हामी सहयोग गर्न तत्पर हुने भएकैले एक्सपर्ट रोज्न आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: