उत्कृष्टतामा जिशिका झापाको ह्याट्रिक

  प्रकाशित मिति
३० असार २०७३, बिहीबार १२:५९


शिक्षा कार्यालयकाे भवन
चन्द्रगढी । शैक्षिक सत्र २०७२ को कार्यसम्पादनको आधारमा जिल्ला शिक्षा कार्यालय झापा १६ जिल्लालाई पछि पार्दै पूर्वाञ्चल प्रथम भएको छ ।

शैक्षिक उपलब्धी र गतिविधिका आधारमा बुधवार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले झापा उत्कृष्ट भएको घोषणा गरेको हो ।

क्षेत्रीय शिक्षा निर्देशनालयले वर्षभरीका काम हेरी विभिन्न एक सय सुचाङ्कको आधारमा जिल्ला उत्कृष्ट घोषणा गर्ने प्रावधान रहेको छ । विद्यालयको अनुगमन, समयमै माथिल्लो निकायमा रिपोटिङ्, शिक्षा समिति गठन, पारदशिता, बैठक, सञ्चालन, लगबुक रेकर्ड, जिम्मेवारी बाँडफाँड र बहन, बेरुजु फस्र्याैटलगायतका सुचाङ्कका आधारमा मुल्याङकन गर्ने प्रावधान रहेको छ । तीनै सुचाङकको आधारमा झापालाई उत्कृष्ट घोषणा गरेको हो । यो सगैँ झापाले उत्कृटमा ह्याट्रिक गरेको छ ।

यसअघि २०७० र २०७१ को पुरस्कार समेत हात पारेको थियो । उत्कृष्ट घोषणासँगै झापाले नगद २५ हजार र उत्कष्टताको प्रमाण पत्र पाएको छ । प्रमाण पत्र र नगद पुरस्कार औपचारीक कार्यव्रmम गरी दिइने जनाइएको छ ।

झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले झापा उत्कृष्ट हुनुमा सबैको मेहेनत र परिश्रमले सम्भव भएको बताए । उनले कार्यालयका कर्मचारी, स्रोत व्यक्ति, विद्यालय निरिक्षक, विद्यालय, विद्यार्थी, अभिभावकक तथा शिक्षामा सरोकार राख्ने सबैको सहयोगमा सम्भव भएको उल्लेख गरे ।

शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईले निरन्तर तेस्रो बर्षसम्म उत्कृष्ट हुनु झापाबासीको गौरवको विषय भएको बताए । उनले सबै क्षेत्रको सहयोगका कारण झापाले यो सफलता हात पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: