शिक्षा दिवसमा दर्जनौं सम्मानित

  प्रकाशित मिति
२४ भाद्र २०७३, शुक्रबार १०:३७


img_0731
झापा २४ भदौ । जिल्ला शिक्षा कार्यालय झापाले ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवन उपयोगी शिक्षणमा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३७ औँ राष्ट्रिय शिक्षा दिवस विहीवार झापामा भव्य रुपमा मनाइएको छ ।

जिल्ला शिक्षा कार्यालय झापाले वीरेन्द्र मावि चन्द्रगढीमा आयोजना गरेको कार्यव्रmममा जिल्लास्तरीय नृत्य प्रतियोगितासहित वर्षदिन शिक्षा क्षेत्रमा योगदान गर्ने शिक्षक, विद्यार्थी, कर्मचारी, सहयोगी कार्यकर्ता, सामुदायिक अध्ययन केन्द्र, पुस्तकालय, मदरसा, बाल क्लब, निजी विद्यालयका शिक्षक तथा प्रिन्सिपललगायत दर्जनौँ व्यक्तिलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा २०७२ सालमा राष्ट्रियस्तरबाट पदक तथा प्रमाण पत्र प्राप्त गर्ने सहायक जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद अधिकारी, मेची जनसाधारण मावि बाहुनडाँगीका पूर्णसिंह सोङ्मेन, बालसुबोधिनी निमाविका विश्व थापा, हिमालय मावि दमककी नैनाकला थेवे, लक्ष्मीप्रसाद देवकोट माविका सुरज भट्टराई, प्रगति मावि जुरोपानीका मदनकुमार मिश्र, त्रिभुवन निमाविकी अनिता गणेशलाई पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

यसैगरी, राष्ट्रिय स्तरबाटै प्रमाण पत्र पाउनेहरूमा भीमनारायण प्राविका नारायणप्रसाद बजगार्इं, प्रगति मावि शनिश्चरेका मातृका निरौला, कञ्चनजङ्घा निमाविका तिर्थकुमार सुनुवार, पूर्व अध्यक्ष फणिन्द्र दाहाल, मेची निमाविका अध्यक्ष धिरेन राजवंशी, दमकका शिक्षाप्रेमी मेघराज तिम्सिना, लालिमा बोर्डिङ स्कुलका प्रिन्सिपल गौरीमान फागोलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

img_0824

जिल्ला शिक्षा कार्यालयको मूल्याङ्कनमा उत्कृष्ट स्रोत केन्द्र अन्तर्गत बैगुनधुरा स्रोत केन्द्र, उत्कृष्ट सामुदायिक अध्ययन केन्द्रका रुपमा मेची सामुदायिक अध्ययन केन्द्र, दारुल मदरसा खजुरगाछी, स्रोत व्यक्तितर्फ दुर्गापुर स्रोत केन्द्रका खड्गप्रसाद खरेल, उत्कृष्ट माविहरूतर्फ धुलावारी मावि मेचीनगर, निमावितर्फ सरस्वती निमावि दमक, प्रावितर्फ आँपगाछी प्रावि कोरोवारी, जिल्ला शिक्षा कार्यालयका उत्कृष्ट कर्मचारीमा भोलानाथ खनाल, उत्कृष्ट बाल क्लवमा सिंहदेवी बाल क्लव सुरुङ्गालाई सम्मान गरिएको थियो ।

यसैगरी, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूमा गणेश प्रावि खुदुनावारीका रामकुमार अछामी, आधारभूत विद्यालय पृथ्वीनगरका राजन भट्टराई, राष्ट्रिय विजय मावि शान्तिनगरका रामप्रसाद तिम्सिना, बालकल्याण मावि महाभाराका भोलाप्रसाद खतिवडा, ज्यामिरगढी प्राविकी कृष्णकुमारी बानियाँ, लक्ष्मी प्रावि कुमरखोदका रामकुमार गणेश, मेची प्रावि भद्रपुरका कैलाश राई, आदर्श मावि मेचीनगरका तोयानाथ दाहाल, पृथ्वी प्रावि दमकका एकराज केसी, सरस्वती मावि लखनपुरका धनप्रसाद भण्डारी, सरस्वती मावि दमकका लोकनाथ गजुरेल, आदर्श माविकी धनकुमारी गिरी, कविशिरोमणि माविका लोहितप्रसाद चापागार्इं, बुद्ध आदर्श माविका अवकास प्राप्त शिक्षक गणेश निरौला, शारदा निमावि भद्रपुरका अवकास प्राप्त शिक्षक लेखनाथ कोइरालालाई सम्मान गरिएको थियो ।

यसैगरी, संस्थागत विद्यालयतर्फ पशुपति बोर्डिङ स्कुल सुरुङ्गाका संस्थापक एलपी उप्रेती, फोनिक्स बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल बद्री राई, सनराइज बोर्डिङ स्कुलका संस्थापक जर्नादन मैनाली, युनिभर्सल एकाडेमी खजुरगाछीका संस्थापक कमलेश राजवंशी, प्रज्ञा एकाडेमीका संस्थापक इसुव पाण्डे, मिडिल पोइन्ट बोर्डिङ स्कुल विर्तामोडका संस्थापक हरि धिमाल र मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल केदार निङ्लेखुलाई सम्मान गरिएको थियो ।

img_0623

यसैगरी, एसएलसी परीक्षा २०७२ सालमा जिल्ला प्रथम हुने सामुदायिक विद्यालयतर्फ कनकाई मावि सुरुङ्गाकी भावना पोखरेल, सोही विद्यालका भरत भट्टराई, संस्थागत विद्यालयतर्फबाट एभरेष्ट बोर्डिङ स्कुल गौरादहकी रोश्ना खड्का, सिद्धार्थ बोर्डिङ स्कुल दमकका रोमन धिमाल, विदुर बोर्डिङ स्कुल भद्रपुरकी सरस्वती चापागाईं, नमुना बोर्डिङ स्कुल जुरोपानीका विकास साह र जोफ्री बोर्डिङ स्कुल धरमपुरका लसिक नेपाल तथा कक्षा ८ बाट जिल्ला उत्कृष्ट हुने सामुदायिक विद्यालयतर्फ मदन आश्रित बोर्डिङ स्कुल तोपगाछीकी निखिता न्यौपाने, पुहातु जनज्योति मावि चन्द्रगढीका अरुण न्यौपाने, संस्थागत विद्यालयतर्फ नवनोवल बोर्डिङ स्कुल मेचीनगरका किसन खेतान र गोल्डेन सनराइज गोरादहकी हसिना श्रेष्ठलाई नगद र प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी, जिल्लास्तरीय नृत्य प्रतियोगितामा विजेता हुने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । प्रतियोगितामा इष्ट होराइजन बोर्डिङ स्कुल धुलावारी प्रथम, पशुपति बोर्डिङ स्कुल काँकरभिट्टा दोस्रो र बालकल्याण मावि मेचीनगर–८ तेस्रो भएका थिए । उनीहरूलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यता तथा शिक्षा समिति झापाका अध्यक्ष तथा स्थानीय विकास अधिकारी खेमराज ओझाको सभापतित्वमा सम्पन्न कार्यव्रmममा शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागार्इं, शिक्षा समिति झापाकी सदस्य नैनाकला थेवे, एनप्याव्सन झापाका उपाध्यक्ष अग्निप्रसाद कोइराला, प्याव्सन नेपालका उपाध्यक्ष गोविन्द लम्साल, आदर्श बाल क्लव मेचीनगरकी अध्यक्ष उषा लिम्बूलगायतले बोलेका थिए । कार्यव्रmमको स्वागत जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल र सञ्चालन सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: